एचआईडीसीएलको हकप्रद बाँडफाँड सम्पन्न

2021-09-13
एचआईडीसीएलको हकप्रद बाँडफाँड सम्पन्न

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)द्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर भदौ २७ गते बाँडफाँड गरिएको हो । 

कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका १० करोड कित्ता हकप्रद(१ः१)अनुपातमा हकप्रद निष्कासन गरेको थियो ।
क्यापिटलले कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका १ लाख ९६ हजार ४२४ जना सेयरधनीहरुलाई ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो। 

आफ्नो कायम हकभन्दा बढी सेयर माग गरि दरखास्त दिएका आवेदकहरुको हकमा बाँडफाँड नपरेका हकप्रद सेयर बापतको रकम भदौ ३१ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न समेत सूचित गरेको छ। 


Share this with your friends: