काठमाण्डौ । बाँके जिल्लाको नेपालगन्जस्थित पिपरीमा कृषि विकास बैंक लिमिटेडको नयाँ शाखा औपचारिक रुपमा सञ्चाालनमा आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक कार्यक्रमबीच पिपरी शाखाको उद्घाटन गरेका छन्। सर्वसाधारणको व्यापक सहभागिता रहेको कार्यक्रममा उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको यस बैंकले कृषिलाई नछोड्ने अरुलाई जोडने मूल नारा रहेकोले सयम परिस्थितिअनुसार अन्य क्षेत्रलाई समेट्दै लगे पनि कृषि क्षेत्रलाई विषेश जोड दिए।
कृषकको हित र सहजताका लागि कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन कृषि विकास बैंकले किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । जसको प्रयोगबाट कृषकलाई आवश्यक पर्ने मल, बीउ र अन्य सामग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिनसमेत सहज हुने उपाध्यायले बताए।