काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि(असोज १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ७ गतेदेखि संस्थागत र सर्वसाधारण समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको छ ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री नभएको संस्थागत समूहतर्र्फको ३ करोड ३० लाख र सर्वसाधारण समूहतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राखेको हो ।
यो लिलामीमा सेयर खरिदका लागि जो कोहि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएकाले इच्छुक लगानीकर्ताले यो मूल्यभन्दा बढी मूल्य राखि बोलकबोल गर्नुपर्नेछ । संस्थागततर्फको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १ेड कित्ता र सर्वासाधारण तर्फ न्यूनतम १०० कित्ताका लागि बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । अधितममा भने दुवै समूहतर्फको सेयर खरिदका लागि कुनै हद लाग्ने छैन ।
इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौ, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु, विर्तामोड, हनुमानदास रोड विराटववनगर, जनकपुर, आदर्शनगर विरगंज, हेटौडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराहि दाङ, धनगढी र महेन्द्रनगरबाट बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।
यो लिलामी सेयरको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।