काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

2021-11-16
काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ। 

प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०२ औँ शाखा हो। 

मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ। 


Share this with your friends: