नेप्सद्वारा वार्षिक साधारण सभा आह्वान

2021-11-22
नेप्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल इलेक्ट्रिोनिक्स पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आगामी मंसिर २७ गते दिउँसो ४ बजे काठमाण्डौ हात्तिसार काठमाण्डौमा रहेको आरण्य बुटिक होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा नेप्स र अन्य कुनै उपयुक्त संस्था एक आपसमा गाभ्ने र सो कार्यका लागि आवश्यक अन्य सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  


Share this with your friends: