काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५ मणिग्राम चोकमा गत शुक्रबारदेखि शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो।
बैंकले मणिग्राम शाखाबाट ग्राहकलाई सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने जनाएको छ।
मणिग्राम शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७२ पुगेको छ। यसका साथै बैंकले ५ विस्तारित काउन्टर, १४६ एटीएम र ५ हजारभन्दा बढी पीओएस टर्मिनलहरुबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।