प्रोग्रेसिभ फाइनान्सको वार्षिक साधारण सभा स्थगित,यस्तो छ कारण

2022-01-11
प्रोग्रेसिभ फाइनान्सको वार्षिक साधारण सभा स्थगित,यस्तो छ कारण

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते हुन गईरहेको कम्पनीको २५ औँ वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । 

 कम्पनीले बढ्दो कोभिड १९ महामारी तथा कम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धि प्रावधानमा केहि फेरबदलका कारण कर प्रयोजनपछिको खुद नाफामा परिवर्तन हुन सक्ने अवस्था सिर्जना भएकाले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ।  

वार्षिक साधारण सभा स्थगितका कारण सेयरधनीहरुमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ । 


Share this with your friends: