काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको लाभांश दर परिमार्जन गरिएको छ ।
कम्पनीको सञ्चालक समितिको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्ताव गरेको लाभांस दर परिमार्जन गर्दै ६ प्रतिशत बोनस शेयर र ०.३१५७ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि कम्पनीले ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीले आव २०७७/७८ को स्वीकृत अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कर सम्बन्धी व्यवस्थामा फेरबदल हुने भएकाले स्वीकृत वित्तीय विवरणमा समेत सारभुत असर पर्ने देखिएकाले वित्तीय विवरण पारिमार्जित गरी पुनः पारित गर्ने भएकाले लाभांश दर परिमार्जन भएको जनाएको छ ।
कम्पनीको नयाँ परिमार्जित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।