काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनींद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ६.३१५८ प्रतिशत लाभांस राष्ट्र बैंकले फागुन ८ गते स्वीकृत गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि गरी कुल ६.३१५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।
अब यो लाभांस कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।