काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बरुण हाइड्रोपावरको कम्पनी लिमिटेडको सेयर कारोबार स्थगित गरेको छ।
नेप्सेले मंसिर २८ गतेको पत्रबाट आ.व २०७६÷७७ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरिएको व्यहोरा मंसिर २९ गते कम्पनीबाट कारोबार समयमा प्राप्त गरेको जनाएको छ। धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम २२(१)(घ) मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कोरोबार खुल्नुअघि त्यस्ता सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नु पर्ने तर कम्पनीले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले सोही विनियमावली विनियम १६(१) (ख) मा भएको व्यवस्थाअनुरुप आजको निर्णयबमोजिम बरुण हाइड्रोपावरको धितोपत्रको दोस्रो बजारमा कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ।
नेप्सले पत्र प्राप्त भएको मितिले ३ कार्यदिनभित्र के–कति कारणबाट समयमै जानकारी दिन नसकेको भन्नेबारेमा स्पष्टीकरण पेस गर्न भनेको छ।