चन्द्रागिरी हिल्सको आईपीओ निष्कासन पुस १ मा बन्द हुने, अहिलेसम्म कति पर्यो आवेदन ?

2020-12-15
चन्द्रागिरी हिल्सको आईपीओ निष्कासन पुस १ मा बन्द हुने, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आईपीओमा सोमबारसम्म ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन परेको छ।   

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार सोमबारसम्म २ हजार ६९१ आवेदकबाट ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन परेको हो। यसमा आस्बा सेवाबाट ८ लाख २५ हजार २३० कित्ता र संकलन केन्द्रहरुबाट ३ लाख ६९ हजार ४५० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ।

मागभन्दा धेरै आवेदन परिसकेका कारण पहिलो चरण अन्तर्गको आईपीओको निष्कासन अब पुस १ गते नै बन्द हुने भएको छ। 

कम्पनीले गत मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि चुक्तापुँजीको २ प्रतिशत अर्थात ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन गरेको थियो। यस्तै दोस्रो चरण अन्र्तगत चुक्तापुँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ०९१ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ। बाँकी रहेको ८८ प्रतिशत अर्थात १.३५ करोड कित्ता सेयर भने कम्पनीका मुख्य संस्थापक सँग रहनेछ। 

आईपीओ जारी पश्चात कम्पनीको कुल चुक्तापुँजी १.५३४ अर्ब पुग्नेछ।  

 


Share this with your friends: