काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ५५०.९५ अंकले बढ्दै १४०२२.४८ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह पनि २६८.४२ अंकले बढ्दै ९७०८.४७ को बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ९.९७ अंकले बढ्दै पोजेटिभ सक्रिट लाग्यो।
यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक ८८.१२ अंकले बढ्दै २१७५.३९ को अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो। आज बजारमा २१२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै समूहमा हरियाली छाएको छ। बैंकिङ समूह ७०.९२ अंकले बढेको आज व्यापार २२१.५७, होटल ३४.८४, विकास बैंक ४६.१, हाइड्रोपावर ३८.९३, वित्त ७.६६, उत्पादन तथा प्रशोधन २६४.४४, अन्य १०३.४४, लघुवित्त ७७.६ र म्युचुअल फन्ड ०.०२ अंकले बढे।
आज हिमालयन डिस्टलरी र साल्ट ट्रेडिङको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने नेपाल पुनर्बीमाको ९.९७, प्राइम कमर्सियल बैंक ९.८६ र कुमारी बैंकको ९.१३ प्रतिशतले बढ्यो।
आज राधि विद्युत कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य ४.२९ प्रतिशतले घट्यो। यस्तै शिवश्री हाइड्रोपावरको ३.२९ प्रतिशत र युनाइटेड फाइनान्सको सेयरमूल्य ३.२३ प्रतिशतले घट्यो।
आज नेपाल लाइफको सार्वाधिक सेयर कारोबार भयो। यो दिन कम्पनीको ५० करोड ९५ लाख बढीको सेयर कारोबार भयो। यस्तै प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख, नेपाल टेलिकम ४५ करोड ७ लाख र नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५२ लाख बढीको सेयर कारोबार भयो।