सेबोनद्वारा रु. १ अर्बको ‘सानिमा लार्ज क्याप फन्ड’ म्युचुअल फन्ड निष्कासनको अनुमति

2021-01-06
सेबोनद्वारा रु. १ अर्बको ‘सानिमा लार्ज क्याप फन्ड’ म्युचुअल फन्ड निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले म्युचुअल फन्ड निष्कासनको अनुमति प्रदान गरेको छ । सेबोनले गत पुस १४ गते “सानिमा लार्ज क्याप फन्ड” नामक म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको हो । 

अनुमति प्राप्त भएसँगै अब रु १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछन् । जसको कुल मूल्य १ अर्ब रुपैयाँ हुनेछ । यो म्युचुअल फन्डको कोष प्रवर्धकको रुपमा सानिमा बैंक लिमिटेड र व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेका छन् । 

 


Share this with your friends: