काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओे आज(माघ ९ गते) बाडँफाँड गरिएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थीत प्रधान कार्यालयमा आज बिहान १० बजे आईपीओ बाडँफाँड गरिएको हो ।
यो आईपीओमा मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा मार्फत बाडँफाँड गरिएको क्यापिटलले जनाएको छ । चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि पुस २८ गतेसम्म चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु.१०० अंकित दरका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो ।
कुल कित्तामध्ये ४ प्रतिशतका दरले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतका दरले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा र बाँकि १३ लाख ९२ हजार २२ कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
यो आईपीओमा १२ लाख ११ हजार ११५ आवेदकबाट २ करोड २८ लाख २० हजार २१० कित्ता खरिदका लागि आवेदन परेको थियो । गोलाप्रथाबाट आईपीओ बाडँफाँड गर्दा १ लाख ३९ हजार ६०२ आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् भने बाँकि १० लाख ७१ हजार ५१३ जनको हात भने खाली भएको छ ।
५ हजार ८३८ आवेदकको आवेदन भने रद्द भएको छ ।