करेक्सनपश्चात बजार पुनः उकालो यात्रामा, नेपाल लाइफको सेयरमूल्यमा उछाल

2021-01-27
करेक्सनपश्चात बजार पुनः उकालो यात्रामा, नेपाल लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेरै उछाल आयो। यो दिन जीवन बीमा समूह १०५१.१८ ले बढ्दै १७८७०.१६ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह ४६४.६८ ले उकालो लाग्दै १२१५१.७८ को बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता २४११ रुपैयाँ कायम भयो। आजै सेयरमूल्य समायोजन भएको यो कम्पनीको सेयरमूल्यमा पोजेटिभ सक्रिट लागेको हो। यस्तै आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ९.९१ प्रतिशतले बढ्दै प्रतिकित्ता ६३२ रुपैयाँ कायम भयो भने शिखर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ८.१० प्रतिशत, प्रिमियर इन्स्योरेन्सको ७.९६, आइएमई जनरलको ६.५३, युनाइटेड इन्स्योरेन्स ५.३९ र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ५.०४ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परे्नन। 

बजारमा अरु के–के भयो ?

अघिल्लो दिनको करेक्सन पश्चात आज बजार फेरी उकालो लागेको छ। आज नेप्से परिसूचक १८.७६ अंकले उकालो लाग्दै २४४१.८५ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता सेयर ८ अर्ब ६२ लाख ३८ हजार ७७० रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ५ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। व्यपार समूह ३२.९६ अंकले बढेको आज निर्जीवन बीमा ४६४.६८, लघुवित्त ६७.५१, जीवन बीमा १०५१.१८ र म्युचुअल फन्ड ०.०३ अंकले बढे। 

आज बैंकिङ समूह १०.१२ अंकले घट्यो भने होटल २४.३९, विकास बैंक ६.२३, हाइड्रोपावर ४.०७, वित्त ६.७७, उत्पादन तथा प्रशोधन ३३.७५ र अन्य समूह २.१९ अंकले घटे। 

आज नेपाल लाइफको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यस्तै आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ९.९८, गुराँस लघुवित्त ९.९७, सर्पोट माइक्रोफाइनान्स ९.९६ र प्रभु लाइफको सेयरमूल्य ९.९१ प्रतिशतले बढ्यो। 

आज पोखरा फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ७.०५ प्रतिशतले घट्यो। यसैगरी श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरमूल्य ४.७१ र नेपाल फाइनान्सको सेयरमूल्य ४.६५ प्रतिशतले घट्यो। 

यो दिन नेपाल लाइफको सर्वाधिक सेयर कारोबार भएको छ। आज कम्पनीको ९३ करोड ३४ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै प्राइम कमर्सियल बैंकको ३७ करोड ९३ लाख, नेपाल बैंक लिमिटेडको २८ करोड १४ लाख, प्रभु बैंकको २७ करोड ८४ लाख र नेशनल लाइफको २४ करोड ८७ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: