नेप्सेद्वारा आजको नियमित सेयर कारोबार ३५ मिनेट थप

2021-02-09
नेप्सेद्वारा आजको नियमित सेयर कारोबार ३५ मिनेट थप

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आजको कारोबारको समय ३५ मिनेट थप गरेको छ। नेप्सेले आज ब्रोकर ट्रेडिङ सिस्टममा ३५ मिनेट जति अवरोध आएका कारण नियमित कारोबारको अवधि लम्बाएको जनाएको छ। 

त्यसैले आज नियमित कारोबार ३.३५ सम्म हुनेछ। अवरोधका कारण सिर्जना भएको असुविधाका लागि नेप्सेले क्षमायाचना गरेको छ। 

 

NEPSE   

Share this with your friends: