नेप्सेद्वारा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

2021-02-28
नेप्सेद्वारा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको जानकारी कारोबार चलिरहेका बेलामा इमेल मार्फत पठाएकाले कारोबार रोक्का गरिएको जनाएको छ। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियमावली २०७५ को विनियम २१(१)(घ) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णयहरु सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना,जानकारी तथा निर्णयहरु नेप्सेमा पेश गर्नुपर्ने र सूचीकृत संगठित संस्थाको वेभसाइट मार्फत समेत सार्वजनिक गर्नुपर्ने भन्ने व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६(ख)मा भएको व्यवस्था अनुरुप आजको निर्णय अनुसार कम्पनीको धितोपत्र दोस्रो बजार कारोबार रोक्का गरिएको जनाएको छ। 

यसका साथै नेप्सेले पत्र प्राप्त भएको तीन कार्यदिन भित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको भन्ने बारे स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको छ।   

 


Share this with your friends: