परिसूचकसँगै कारोबार रकममा संकुचन, शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार

2021-03-09
परिसूचकसँगै कारोबार रकममा संकुचन, शिखर इन्स्योरेन्सको सर्वाधिक  कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २०१.५६ अंकले घट्दै १६४२५.४७ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ११४.७ अंकले ओरालो लाग्दै १२५७०.८१ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा कम्पनीतर्फ आज नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। आज यो कम्पनीको सेयरमूल्य ३.०१ प्रतिशतले बढ्दै प्रतिकित्ता ८९० रुपैयाँ कायम भयो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रह्यो। आज यो कम्पनीको सेयरमूल्य २.५३ प्रतिशतले घट्दै प्रतिकित्ता ११५६ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

एक दिनको सार्वजनिक बिदा पश्चात खुलेको बजारमा आज दोहोरो अंकको गिरावट आयो। आज नेप्से परिसूचक २३.२२ अंकले घट्दै २४६१.८८ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २१० कम्पनीका १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ३ वटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। आज होटल एण्ड टुरिजम समूह ६८.११ अंकले बढ्यो। त्यस्तै हाइड्रोपावर र म्युचुअल फन्ड क्रमशः ३६.३९ र ०.०१ अंकले बढे। 

बैंकिङ समूह २१.७७ अंकले घटेको आज व्यापार ४९.८२, विकास बैंक २२, वित्त ४.४३, उत्पादन तथा प्रशोधन ८८.७४, अन्य २०.४१, लघुवित्त ४७.४६ र लगानी समूह १.३४ अंकले ओरालो लागे। 

आज हिमालयन उर्जा विकासको सेयरमूल्यमा सर्वाधिक वृद्धि आयो। कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो भने चन्द्रागिरी हिल्स ९.९२, नेपाल हाइड्रो डेभलपर्स ९.८८, रैराङ हाइड्रोपावर ९.७८ र युनाइटेड फाइनान्सको सेयरमूल्य ९.७५ प्रतिशतले बढ्यो। 

आज सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.१८ प्रतिशतको गिरावट आयो। यसैगरी मिथिला लघुवित्तको सेयरमूल्य ४.६२, पोखरा फाइनान्स ३.५३, नारायणी डेभलपमेन्ट बैंक ३.२८ र ग्लोबल आइएमई बैंकको सेयरमूल्य ३.२५ प्रतिशतले घट्यो। 

यो दिन शिखर इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ६५ करोड ३५ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै अपर तामाकोशिको २९ करोड ६७ लाख, अरुण भ्याली हाइड्रोपावर २९ करोड ३२ लाख र निफ्राको २५ करोड ४९ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: