परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि, बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा उछाल

2021-03-24
परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि, बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक उकालो लागेका छन्। आज निर्जीवन बीमा उपसूचक २२१.०४ अंकले बढ्दै १३००२.५० को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १४१.२२ अंकले बढ्दै १७२०९.२७ को उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा कम्पनीतर्फ आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ६.६९ प्रतिशतले बढ्दै प्रतिकित्ता १८ हजार ९ सय रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक ४१.३० अंकले बढ्दै २५७०.२५ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २०८ कम्पनीका १ करोड ६९ लाख ३४ हजार ८९३ रुपैयाँमा किनबेच भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकममा वृद्धि भयो। अघिल्लो कारोबार दिन २०८ कम्पनीका १ करोड २ लाख ७६ हजार ७१० कित्ता सेयर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा किनबेच भएको थियो। 

१३ वटा समूहमध्ये आज एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह २२.५५ अंकले बढेको आज व्यापार समूह ३८१.११, होटल एण्ड टुरिजम १७८.५६, विकास बैंक २१.२८, वित्त २२.३, उत्पादन तथा प्रशोधन ५१.६७, अन्य २०.४१, लघुवित्त १२२.४७, म्युचुअल फन्ड ०.२५ र लगानी समूह ४.९३ अंकले बढे। 
आज हाइड्रो समूह १४.९५ अंकले घट्यो। 

आज साल्ट ट्रेडिङको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै हाइड्रो इलेक्ट्रिसिटीको सेयरमूल्य ९.९७, चन्द्रागिरी हिल्सको ९.९५, आरएसडिसी लघुवित्त ९.९४, माउन्टेन हाइड्रो नेपाल ९.९२, कालिका पावर कम्पनी ९.७६ र सिभील लघुवित्तको ८.२२ अंकले बढ्यो। 

आज रैराङ हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.६० प्रतिशतले घट्यो भने अपर तामाकोशीको ३.२६, सान्जेन जलविद्युत ३.२१ र खानीखोला हाइड्रोपावरको सेयरमूल्य २.३४ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ६५ करोड १५ लाख बढीको सेयर कारोबार भयो। आज अपर तामाकोशीको ४१ करोड ५७ लाख, नेपाल बंगलादेश बैंक ३४ करोड ५८ लाख, हाइड्रो इलेक्ट्रिसिटी २५ करोड १७ लाख र अपि पावर कम्पनीको १७ करोड १ लाख बढीको सेयर कारोबार भयो।

 


Share this with your friends: