अर्थमन्त्रीद्वारा कार्यान्वयन गर्नसक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह

2021-04-01
अर्थमन्त्रीद्वारा कार्यान्वयन गर्नसक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेका छन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्नसक्ने कार्यक्रमहरु र सोहीअनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन्। खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नुपर्ने अवस्था पनि रहेको उल्लेख गर्दै उनले बहुवर्षीय योजनाहरुमा पनि जति खर्च गर्ने हो, त्यहीअनुसार बजेट राख्न आग्रह गरे। 

सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको बताउँदै मन्त्री पौडेलले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताए। प्राथमिकताका आधारमा कार्यक्रमहरु प्रस्ताव गर्न आग्रह गर्दै उनले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता औँल्याए। 

अर्थमन्त्री पौडेलले कोभिड–१९ ले पर्यटनक्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गरे। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरे। 

आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरु भन्दा संघीयताको मर्म र भावनाअनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनुपर्ने बताए।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८र७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरु र सरोकारवालासँग छलफल गर्नुका


Share this with your friends: