काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक उकालो लागेका छन्। १३ वटा उपसूचकमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा उपसूचकमा आयो। आज निर्जीवन बीमा उपसूचक ५४३.९८ अंकले बढ्दै १४२४३.४३ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १५४.८१ अंकले बढ्दै १७४६१.०१ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ४ वटा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गरे। बीमा कम्पनीतर्फ आज जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ७९३ रुपैयाँ कायम भयो। त्यस्तै आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य ९.९७ प्रतिशत, सानिमा जनरल ९.९३ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ८.९९ प्रतिशतले बढ्यो।
यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ८.२०, युनाइटेड इन्स्योरेन्स(नेपाल) ७.०५, सगरमाथा इन्स्योरेन्स ७, एभरेष्ट इन्स्योरेन्स ६.५८, एनएलजी इन्स्योरेन्स ५.३९, प्रभु इन्स्योरेन्स ५.०७, हिमालयन जनरल इन्स्योरेन्स ५.०६, रिलायन्स लाइफ इन्स्योरेन्स ४.८५, प्रिमियर इन्स्योरेन्स ४.७१ र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ४.४० प्रतिशतले बढ्यो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै कम्पनीको रुपमा अजोड इन्स्योरेन्स कम्पनी रह्यो। आज कम्पनीको सेयरमूल्य ३.५९ प्रतिशतले घट्दै प्रतिकित्ता ९९४ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि आयो। परिसूचक २५.७१ अंकले बढ्दै २६५७.६१ को उचाईमा पुग्यो। नेप्सेले चुमेको यो अहिलेसम्मकै उच्च बिन्दु हो। यो दिन बजारमा २१२ कम्पनीका १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज ५ वटा समूह ओरालो लागे भने अन्य समूहमा हरियाली छायो। बैंकिङ समूह १४.६७ अंकले बढेको आज विकास बैंक २२.३९, हाइड्रोपावर ३७.१४, वित्त ४३.९६, अन्य ६९.०५ र लघुवित्त समूह २३ अंकले बढ्यो।
आज व्यापार समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह २०३.५९ अंकले घट्यो। यस्तै होटल एण्ड टुरिजम २९.८७, उत्पादन तथा प्रशोधन ८.०७, म्युचुअल फन्ड ०.११ र लगानी समूह २.४६ अंकले घटे।
आज वोमी लघुवित्त र जनरल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९९ प्रतिशतको उछाल आयो। यसैगरी आज राधि विद्युत कम्पनीको सेयरमूल्य ९.९८, आइएमई जनरल ९.९७ र एनआईसी एशिया लघुवित्तको सेयरमूल्य ९.९५ प्रतिशतले बढ्यो।
आज साल्ट ट्रेडिङको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.६३ प्रतिशतले घट्यो। यस्तै सर्पोट माइक्रोफाइनान्स ४.१३, एचआईडीसीएल ४.०५, स्वाभिमान लघुवित्त ३.६८ र अजोड इन्स्योरेन्सको सेयरमूल्य ३.५९ प्रतिशतले घट्यो।
यो दिन निफ्राको सर्वाधिक कारोबार भयो। आज बैंकको ४७ करोड ५६ लाख बढीको सेयर कारोबार भयो भने अपर तामाकोशीको २८ करोड ४१ लाख, नेपाल पुनर्बीमा २६ करोड ८२, नविल बैंक २४ करोड ५७ लाख र प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य २३ करोड ३२ लाख बढीको सेयर कारोबार भयो।