इन्स्योरेन्स इन्स्टिच्युट नेपालको वार्षिक साधारण सभा सम्पन्न

2021-04-12
इन्स्योरेन्स इन्स्टिच्युट नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा आज चैत(३० गते) सम्पन्न भएको छ । सभा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको कार्यालय नारायणचौर नक्साल काठमाडौं भीम प्लाजामा अध्यक्ष राजु रमण पौडेलको सभापतित्वमा सम्पन्न भएको हो । 

सभामा शिखर इन्स्योरन्सका प्रमुख कार्यकारी दीप प्रकाश पाण्डे, नेपाल इन्स्योरेन्सका विजय बहादुर शाह, मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मलकार्जी श्रेष्ठ, ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, नेपाल पुनर्बीमा कम्पनीका सीईओ शकंर रायमाझी तथा प्रभु इन्स्योरेन्सका नारायण प्रसाद पौडेल लगायतकाको उपस्थित रहेको थियो ।

यस्तै उक्त सभामा जीवन बीमा तथा र्जिवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधित्वहरुको पनि भ्युचुअल उपस्थित रहेको थियो ।


Share this with your friends: