नेप्से परिसूचकसँगै बीमाका दुवै उपसूचकमा वृद्धि

2021-04-15
नेप्से परिसूचकसँगै बीमाका दुवै उपसूचकमा वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ४५.६८ अंकले बढ्दै १७४०८.११ को बिन्दुमा पुगेको छ। यो दिन निर्जीवन बीमा उपसूचक पनि ९.०३ अंकले बढ्दै १३६६८.९० को उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज ज्योति लाइफको सेयरमूल्य ९.९२ प्रतिशतले बढ्दै प्रतिकित्ता ५६५ रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 

वर्षको पहिलो कारोबार दिन आज नेप्से दोहोरो अंकले उकालो लाग्यो। परिसूचक २०.६७ अंकले बढ्दै २७३५.४६ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २१८ कम्पनीका १ करोड ९० लाख २० हजार ५२८ कित्ता सेयर ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छायो। आज विकास बैंक समूहमा सबैभन्दा धेरै वृद्धि देखियो। विकास बैंक समूह ९०.१८ अंकले बढ्यो। यस्तै बैंकिङ समूह २३.०४, होटल एण्ड टुरिजम १०.५, वित्त २८.३९, उत्पादन तथा प्रशोधन ४३.२७, अन्य ३.३, लघुवित्त ६.१४, म्युचुअल फन्ड ०.०५ र लगानी समूह १.५९ अंकले बढ्यो। 

आज व्यापार समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ९९.६५ अंकले ओरालो लाग्यो। आज गिरावट आउने अर्काे समूहमा हाइड्रो रह्यो। जुन ८.९७ प्रतिशत घट्यो। 

आज वेष्ट फाइनान्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै एनआईसी एशिया लघुवित्तको सेयरमूल्य ९.९५, महिला लघुवित्त ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.९२, ग्रिन डेभलपमेन्ट बैंक ९.६८, छ्याङदी हाइड्रोपावर ९.६७, कर्णाली डेभलपमेन्ट बैंक ९.६४ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.५७ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने कम्पनीको रुपमा मल्टीपर्पस फाइनान्स कम्पनी रह्यो। यो कम्पनीको सेयरमूल्य ३.६७ प्रतिशतले घट्यो भने नेशनल माइक्रोफाइनान्स ३.५२, स्वाभिमान लघुवित्त ३.४६, साल्ट ट्रेडिङ २.७० र मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य २.५६ प्रतिशतले घट्यो। 

यो दिन एनआईसी एशिया लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो। आज संस्थाको ४९ करोड ८९ लाख बढीको सेयर कारोबार भयो। यसैगरी निफ्राको ४९ करोड ८७ लाख, एनआईसी एशिया बैंक ३२ करोड ६२ लाख र नेपाल बंगलादेश बैंकको २४ करोड ७९ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: