‘लाटोकोशेरो’ले राजधानीमा चौबीसै घन्टा फुड डेलिभरी गर्ने, १०% छुट पनि दिने

2021-05-02
 ‘लाटोकोशेरो’ले राजधानीमा चौबीसै घन्टा फुड डेलिभरी गर्ने, १०% छुट पनि दिने


काठमाण्डौ । राजधानीमा पहिलोपटक चौबीसै घन्टा लाटोकोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ। 

विषेशगरी रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घरदैलोमा खाना पुर्याउने उद्देश्यस्वरुप लाटोकोशेरो फुड सञ्चालनमा आएको हो। उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जीवनको ख्याल राख्दै चौबीसै घन्टा सेवा दिने उद्देश्य रहेको छ। उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोले सेवा दिनेछ।

रातको समयमा कोही भोकै बस्न नपरोस् भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाइनमार्फत सेवा दिनेछ। लाटोकोशेरो डटकमले आफूलाई अरुभन्दा भिन्न रुपमा परिचित गराउन सुपथ दर र छिटो सेवा दिने प्रतिबद्धता राखेको छ। 

लाटोकोशेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडर अनुसार हरेक खाना चौबीसै घन्टा डेलिभर गरिन्छ। लाटोकोशेरोमा उपलब्ध हुने खानाका प्रकारहरु www.laatokoshero.com  अथवा ९८४७३७९८९० र ९८०१०७९८९० मा अर्डर गर्न सकिन्छ।

कोभिड तथा लकडाउनको यो समयमा लाटोकोसेरोले उपत्यकाको जनसुकै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कसहरु जस्तै– स्वास्थ चिकित्सक, नर्स, हेल्थ वर्कस, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको यो समयमा निरन्तर खटिरहेका सम्पूर्णलाई १०%छुट दिने ब्यवस्था रहेको लाटोकोशेरोका प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जानकारी दिए। 


Share this with your friends: