काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा बढोत्तरी आएको छ। कोरोना संक्रमणका कारण देशमा निषेधाज्ञा जारी भएपनि तेस्रो त्रैमासिक रिपाटअनुसार अधिकांस बीमा कम्पनीहरुको व्यवसाय र मुनाफामा सुधार देखिएका कारण बीमा कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखिएको हो।
यो साता दुुईवटा जीवन बीमा कम्पनीबाहेक अन्य सबै जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखियो। जीवन बीमातर्फ यो एक साताको अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता २२३४ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता २२७३ रुपैयाँ कायम भयो। यसरी यो एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९ रुपैयाँले बढ्यो।
यसैगरी यो साता नेपाल लाइफको सेयरमूल्यमा पनि प्रतिकित्ता २७ रुपैयाँले बढ्यो। गत साता प्रतिकित्ता २००१ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य यो साता २०२८ रुपैयाँको उचाईमा पुुग्यो।
यो साता गुराँस लाइफको सेयरमूल्य प्रतिकित्ता २१ रुपैयाँले वृद्धि भयो। एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३६ रुपैयाँबाट ७५७ रुपैयाँ को उचाईमा पुुग्यो। यस्तै यो एक साताको अवधिमा प्राइम लाइफ र प्रभु लाइफको सेयरमूल्य समान १८ रुपैयाँ, नेशनल लाइफ १५ रुपैयाँ, एशियन लाइफ ६ रुपैयाँ र सूूर्या लाइफको सेयरमूल्य प्रतिकित्ता १ रुपैयाँले बढ्यो।
जीवन बीमातर्फ यो साता ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३० रुपैयाँका दरले घट्यो भने रिलायन्स लाइफको सेयरमूल्य प्रतिकित्ता २ रुपैयाँका दरले घट्यो।
निर्जीवन बीमा कम्पनी
यो साता कारोबार भएका १८ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १३ वटा कम्पनीको सेयरमूल्य उकालो लाग्यो भने ५ वटा कम्पनीको सेयरमूल्य भने ओरालो लाग्यो। निर्जीवन बीमातर्फ यो साता यो साता नेको इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक बढोत्तरी आयो। नेको इन्स्योरेन्सका लगानीकर्ताले यो एक साताको अवधिमा प्रतिकित्ता ७९ रुपैयाँका दरले कमाए। यो कम्पनीको सेयरमूल्य गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता १५७७ रुपैयाँ रहेकोमा यो साताको अन्तिम कारोबार दिन १२२७ रुपैयाँ कायम भयो।
यसैगरी सगरमाथा इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको सेयरमूल्यमा प्रतिकित्ता ५८ रुपैयाँको बढोत्तरी आयो। गत साता प्रतिकित्ता ७४७ रुपैयाँ रहेको सानिमा जनरलको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन ७८६ रुपैयाँका साथ बन्द भयो। यसरी एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९ रुपैयाँ बढ्यो। यो अवधिमा एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ३८ रुपैयाँका दरले वृद्धि भयो। त्यस्तै प्रिमियर इन्स्योरेन्स ३३ रुपैयाँ, प्रभु इन्स्योरेन्स २७ रुपैयाँ, एनएलजी इन्स्योरेन्स १६ रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी १० रुपैयाँ, अजोड इन्स्योरेन्स ९ रुपैयाँ, जनरल इन्स्याृेरेन्स ६ रुपैयाँ, लुम्बिनी जनरल इन्स्याृेरेन्स ४ रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता २ रुपैयाँका दरले बढ्यो।
निर्जीवन बीमातर्फ यो साता प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८३३ रुपैयाँबाट ७७२ रुपैयाँमा झर्यो। यो एक साताको अवधिमा आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता २७ रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ६ रुपैयाँ र नेपाल इन्स्योरेन्स र हिमालयन जनरलको सेयरमूल्य समान ४ रुपैयाँका दरले घट्यो।