बैंकिङ


मञ्जुश्री फाइनान्सद्वारा थप ३ शाखा विस्तार

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले थप ४ शाखा विस्तार गरेको छ। संस्थाले आफ्नो १२ औँ, १३ औँ, १४ औँ र १५ औँ शाखा कार्यालय रुपन्देहीको मुर्गिया, योगिकुटी, मणिग्राम, र भैरहवामा विस्तार गरेको हो। संस्थाको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले नयाँ शाखा कार्यालयको उद्घाटन गरे।  काठमाण्डौको नयाँबानेश्वरमा मुख्य कार्यालय...

माछापुच्छ्रे बैंकमा अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो। ग्राहकले अनलाइनमार्फत डिम्याट खाता खोल्न बैंकको वेबसाइटमा रहेको ‘अप्लाई...

विद्यार्थीहरुका लागि प्रभु बैंकको ‘पढ्दै कमाउँदै’ योजना

काठमाण्डौ । प्रभु बैंकले ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गत गुडलक सेभिङ अकाउन्ट खोल्ने विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ।  यस योजनाअन्तर्गत नयाँ खाता खोल्ने विद्यार्थीका लागि बैंकले १०० रुपैयाँ बोनस उपलब्ध गराउनेछ।  त्यसैगरी यही योजनाअन्तर्गत नयाँ खाता विद्यार्थीले डिम्याट अकाउन्ट र मेरो सेयर निःशुल्क रुपमा खोल्न...

1663308665norvic-gif.gif

गरिमा बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५% सम्म छुट

काठमाण्डौ । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।  सम्झौताअनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड...

गोखार्ज फाइनान्सको स्थगित वार्षिक साधारण सभा असोज १८ गते

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी असोज १८ गते आयोजना हुने भएको छ । यसअघि दुईपटकसम्म स्थगित भएको कम्पनीको २६ औँ वार्षिक साधारण सभा आगामी असोज १८ गते काठमाण्डौ सोल्टीमोडमा रहेको होटल इम्पेरियलमा सभा आयोजना हुने भएको हो । उक्त सभामा संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट कुनै...

क्रिप्टोकरेन्सी सम्बन्धि कारोबार नगर्न/नगराउन राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धि कारोबार नगर्न/नगराउन निर्देशन दिएको छ । नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार/प्रयोग/माइनिङ गैरकानुनी रहेकाले यस्ता प्रकारका कार्यहरु नगर्न/नगराउन बैंकले निर्देशन दिएको हो ।  बैंकले विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ ले दिएको अधिकार प्रयोग गरी सूचना जारी...

16454172591200x120.gif

साधना लघुवित्तको सीईओमा पुनः न्यौपाने नियुक्त

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेश न्यौपाने पुनः नियुक्त भएका छन् ।  संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई सीईओमा निरन्तरता दिनेृ निर्णय गरेको हो । उनलाई असोज १ गतेदेखि लागूहुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।  उनको कार्यकाल भदौ ३१...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ऊर्जा बचत कार्य गरेबापत ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ।  बैंकले प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३ लाख ६० हजार...

लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच विप्रेषण सम्झौता

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेड र रेमिट टू नेपाल प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी  सम्झौता सम्पन्न भएको छ। सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार लुम्बिनी रेमिटबाट...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा तीजका अवसरमा लकर सुविधामा ४०% सम्म छुटको व्यवस्था

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा महिला लकर सुविधामा ४०५सम्म छुटको व्यवस्था गरेको छ ।  तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमूल्य सामान सुरक्षित राख्न सम्पूर्ण ग्राहकलाई बैंकले...

गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा पुनःस्थगित

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित भएको छ । आज आयोजना हुने भनिएको कम्पनीको २६ औँ वार्षिक साधारण पुनः स्थगित भएको हो ।  वार्षिक साधारण सभा स्थगित गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश जारी भएकाले सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।  सव्रप्रथम गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक...

ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि

काठमाण्डौ । रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ।  इक्रा नेपालले जारीकर्ता रेटिङलाई [ICRANP-IR] A- बाट [ICRANP-IR] A  तथा हाल विद्यामान ऋणपत्रको रेटिङलाइ पनि [ICRANP] LA- बाट [ICRANP] LA- मा स्तरवृद्धि गरेको हो। यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा...

झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा विस्तार

काठमाण्डौ।  मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ।  झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो। सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख...

मेगा बैंक र नेको इनर्जी सोलुसनबीच सम्झौता

काठमाण्डौ । लघु तथा साना उद्यमीलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ।  सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले  हस्ताक्षर गरेका छन्। यस सम्झौता...

गरिमा विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्स रिर्सोटमा ३५% सम्मको छुट

काठमाण्डौ । गरिमा विकास बैंकका ग्राहकले चेन होटेल ल्यान्डमार्क होटेल्स रिर्सोट एन्ड स्पामा आकर्षक छुट पाउने भएका छन्। आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै आफ्ना ग्राहकलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले ल्यान्डमार्क होटेल्स रिर्सोटसँग छुट सम्झौता गरेको हो। सम्झौताअनुसार गरिमा विकास बैंकका...