बैंकिङ


पोखराको लेकसाइडमा हिमालयन बैंकको विस्तारित काउन्टर सञ्चालनमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गण्डकी प्रदेशको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित गौरीघाटमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ। उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकले नगद...

ग्लोबल आइएमई बैंकद्वारा तीज क्यासब्याक योजना सर्वाजनिक

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले कुशेऔँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ।  मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो। यस क्यासब्याक योजनाअन्तर्गत भदौ २१ र...

मेगा बैंकका ग्राहकहरुले ओम अस्पतालमा विशेष छुट पाउने

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।  मेगा बैंक र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले ओम...

1663308665norvic-gif.gif

नबिल बैंकले पाँचखाल र पनौतीमा उद्यमशील कर्जा प्रवाह गर्ने

काठमाण्डौ । नबिल बैंकले काभ्रे जिल्लाका पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ।  साझेदारी सम्झौतापत्रमा  पनौती नगरपालिकामा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश...

गरिमा विकास बैंकको ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता सुरु

काठमाण्डौ। गरिमा विकास बैंकले  ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। यस टिकटक प्रतियोगितामा नेपालभित्र रहने सबै नेपाली दिदीबहिनीले भाग लिन सक्ने बैंकले जनाएको छ।  यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा...

गोखार्ज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ २४ गते बिहिबारका दिन काठमाण्डौ सोल्टीमोडमा रहेको होटल इम्पेरियलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा...

16454172591200x120.gif

एनआईसी एशिया बैंकद्वारा रु. २० लाख बीमा रकम भुक्तानी

काठमाण्डौ । एनआईसी एशिया बैंकले बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुईजना खातावालालाई जनही रु. १०÷१० लाख गरी कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको हो।  बैंकको काठमाण्डौस्थित कमलादी शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५...

बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ।  फाइनान्सले सोही वडाको न्युरोड पिपलबोटस्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधबार उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो। नयाँ शाखा कार्यालयको उद्घाटन संस्थाको सञ्चालक समितिकी महिला सञ्चालक...

कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट ल्याबरोटोरीमा आकर्षक छुट पाउने

काठमाण्डौ। कुमारी बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा सेवा लिदाँ २० प्रतिशतसम्म छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र मेडी क्वेस्ट ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो।...

साना किसान विकास लघुवित्तको सीईओमा कोइराला पुनःनियुक्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा.शिवराम प्रसाद कोइराला पुनःनियुक्त भएका छन् ।  संस्थाको आज(भदौ ८ गते)बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई सीईओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो । उनलाई भदौ १४ गतेदेखि लागू हुनेगरी संस्थाको सीईओमा नियुक्त गरिएको संस्थाद्वारा...

कुमारी बैंकद्वारा महामारी नियन्त्रण कोषलाई सहयोग प्रदान

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा रु. ५० हजार सहयोग गरेको छ।  बैंकले एक संक्षिप्त कार्यक्रममाझ बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्वअध्यक्ष तथा महामारी नियन्त्रण...

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ।  अभियान अन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ।  यसअघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई...

प्राज्ञिक शोध गर्नेलाई केन्द्रीय बैंकले शोधवृत्ति उपलब्ध गराउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति...

नेपाल राष्ट्र बैंक त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्तिसम्बन्धी समझदारी

काठमाण्डौ। नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ।  गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा हिजो भदौ १ गते बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो। सझदारीपत्रमा बैंकका तर्पmबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद...

सिभिल बैंकद्वारा महेन्द्रनगरमा ११५ औँ शाखा सञ्चालन

काठमाण्डौ । सिभिल बैंकले शाखा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औँ शाखा संचालनमा ल्याएको छ।  उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे।  शाखा उद्घाटन गर्दै शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नका...