बैंकिङ


महालक्ष्मी विकास बैंकका ग्राहकले होटेल शम्बलामा छुट पाउने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले होटेल शम्बलामा विभिन्न सेवामा छुट पाउने गरी सम्झौता भएको छ। सम्झौतापत्रमा होटेलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धरले र बैंकका तर्फबाट महाराजगन्ज शाखाका प्रमुख पल्लभ श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले फुड एन्ड बेभरेजमा...

लक्ष्मी बैंकद्वारा काठमाण्डौको क्षेत्रपाटीमा १३३ औँ शाखा सञ्चालन

काठमाण्डौ । लक्ष्मी बैंकले काठमाण्डौ महानगरपालिकाको वडा न. १७ क्षेत्रपाटीमा आफ्नो १३३ औँ शाखा सञ्चालनमा ल्याएकोे छ।  यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघुव्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८...

एभरेष्ट बैंकद्वारा भैंसेपाटीमा १०४औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भैंसेपाटीमा शाखा विस्तार गरेको छ । बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउनका लागि १०४ औं शाखा विस्तार गरेको हो ।  शाखाको उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल र ललितपुर महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष पुरुषोत्तम खड्काले गरेका हुन् । उक्त कार्यक्रममा ललितपुर...

1663308665norvic-gif.gif

गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन

काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । संस्थाको नाम परिवर्तन भई गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ ।  संस्थाको २०७६ पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थाको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएको थियो । संस्थाको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई...

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड सेवा

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।     अध्यक्ष पुडासैनीले ग्राहकको...

ग्लोबल आइएमई बैंकद्वारा काभ्रेका शिक्षकका लागि सरल किस्ताबन्दी ल्यापटप योजना

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाण्डौ टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन...

16454172591200x120.gif

कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाण्डौ । काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर सुरु गरिएको छ। एक्सटेन्सन काउन्टरको कार्यक्रमका प्रमुख अतिथि तथा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले औपचारिक उद्घाटन गरे। महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम÷सवल बनाउनमा...

कामना सेवा विकास बैंकले निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने

काठमाण्डौ । कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवासुविधा प्रदान गर्ने भएको छ।  कामना सेवा विकास बैंक र र सीडीएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झैता सम्पन्न भएको हो। पुतलीसडकस्थित सीडीएससीको कार्यलयमा एक कार्यक्रमका बीच सीडिएससीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आर्चाय तथा कामना...

माछापुच्छ्रे बैंकको सञ्चालकमा कार्की नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकि छन् । बैंकको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई बैंकको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कार्की सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएकि हुन् । सोहि दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सिर्जना कार्कीले दिएको...

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.१.२६ अर्ब लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब १ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २६ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७८ भदौ १ गतेदेखि २०७९ भदौ १ गतेसम्म...

काठमाण्डौको शेषमतिमा सिभिल लघुवित्तको नयाँ शाखा

काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिकास्थित शेषमतिमा थप १ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्तले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान...

साना किसान विकास लघुवित्तको रजिष्टर्ड कार्यालय स्थानान्तरण

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय स्थानान्तरण गरिएको छ । काठमाण्डौ महानगरपालिका वडा न. ३२ सुविधानगर तीनकुनेबाट काठमाण्डौ जिल्ला,काठमाण्डौ महानगरपालिका वडा न. ११ बबरमहल काठमाण्डौस्थित नेपाल औषधि लिमिटेड बबरमहलको परिसरमा रहेको भवनमा स्थानान्तरण गरिएको संस्थाले जनाएको छ ।  संस्थाको...

सहारा विकास बैंकद्वारा तीन आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले तीनवटा आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । बैंकको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ, नवौँ र दशौँ वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको हो ।  बैठकले आगामी भदौ १२ गते शनिबारका दिन सर्लाहि मलंगवामा रहेको होटल कुसुम एण्ड पार्टी प्यालेसमा बिहान १०.३० बजे सभा आयोजना गर्ने...

ग्लोबल आईएमई लघुवित्तद्वारा थप ७ शाखा विस्तार

काठमाण्डौ। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ।  ग्लोबल आईएमई वित्तीय संस्थाले बाँकेको ढकेरी शाखा, सप्तरीको छिन्नमस्ता शाखा, रोल्पाको त्रिवेणी शाखा, रुपन्देहीको बनगाई शाखा, ओखलढुङ्गाको लिखु शाखा, उदयपुरको चुहाडे शाखा तथा झापाको धुलाबारी शाखा गरी थप ७ वटा शाखा विस्तार गरेको हो। योसँगै...

सिभिल बैंकद्वारा करदाता सेवा कार्यालय तौलिहवामा एक्सटेन्सन काउन्टर सञ्चालन

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले कपिलवस्तु जिल्लाको तौलिहवा वडा नं १, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कपिलवस्तुको कृष्णनगरस्थित आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका छन्।  एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ...