काठमाण्डौ। माछापुच्छ्रे बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको उद्घाटन गरी असार १६गतेदेखि सञ्चालनमा ल्याएको हो।
सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. बिरेन्दप्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख...
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट असार १५ गते ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने २ अर्ब...
काठमाण्डौ । एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित ‘एनएमबि सापटी २.०’ एक कर्जा सेवा सुरु गरेको छ।
यो सेवाअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ। यो नेपालमै पहिलोपटक चौबीसै घन्टा र सातै दिन पूर्ण...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड.सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले असार १६ गते ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३...
काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले प्रभावित भई हेलम्बु क्षेत्रका विस्थापित परिवारको राहत, पुनस्र्थापना र पुनर्निर्माणमा टेवा पुर्याउने अभिप्रायले राहतस्वरुप रकम सहयोग गरेको छ।
संस्थाले आज हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई राहत स्वरुप रु. ३०...
काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशन लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । बैंकले सिर्जना फाइनान्स लाई प्राप्ति गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।
बैंकले प्राप्ति प्रयोजनका लागि आगामी असार २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंक र फाइनान्सको गत जेठ २७ गते बसेको विशेष साधारण सभाले प्रािप्तको एजेन्डा...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले क्रेडिट कार्ड व्यवसायको सुरुआत गरेको छ। बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलब्ध गराउने उदेश्यले गत वैशाखबाट क्रेडिट कार्ड व्यवसायको सुरुआत गरिसकेको छ ।
यही क्रममा बैंकले हालसम्म बैंकले ७८ वटा...
काठमाण्डौ । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको हो ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव बैंकको गत असार ६ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरिएको...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ।
बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरुसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघुउद्यम सिर्जना गर्नका लागि...
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । संस्थाले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो।
धितोपत्र बोर्डबाट अनुमति पाएपछि संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले असार ११ गते बोर्डमा आवेदन दिएको हो।
बैंकले रु. १००० अंकित दरको रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको हो । कुल...
काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले कोरोनाको हालको अवस्थालाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागिमात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ।
प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्कासनमा लगानी गर्न...
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा डाक्टर टेकनाथ ढकाल नियुक्त भएका छन् ।
संस्थाको गत शुक्रबार अर्थात असार ११ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
वृक्षरोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुसाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी...
काठमाण्डौ । कुषि विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत असार १० गते ‘४ प्रतिशत एग्रिकल्चर बोन्ड ८ र ९ वर्षे’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १२ करोड कित्ताले हुन आउने १२ अर्ब...