बैंकिङ


युनिक नेपाल लघुवित्तद्वारा विशेष साधारण सभाको मिति परिवर्तन

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पहिलो विशेष साधारण सभाको मिति परिवर्तन गरेको छ । संस्थाले कोरोनाको संक्रमणका कारण उत्पन्न भएको परिस्थिती तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोरोनाबाट अस्वस्थ भएका कारण विशेष साधारण सभाको मिति परिवर्तन गर्नुपरेको जनाएको छ ।  नयाँ निर्णय अनुसार...

एनएमबि बैंकद्वारा बीमा दाबी भुक्तानी

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरुविरुद्ध प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्घटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ।  सहारा बचत खाताअन्तर्गत हालसम्म देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा रु. ६१ लाख ३ हजार ८४१ बीमा दाबी भुक्तानी भइसकेको छ। बैंकले उक्त भुक्तानीे...

नाडेप लघुवित्तद्वारा साधारण सभा रद्द

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा रद्द गरेको छ । संस्थाले विशेष कारणबस अर्काे सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारण सभा रद्द गरिएको जनाएको हो ।  संस्थाको छैठौँ वार्षिक साधारण सभा आगामी जेठ ७ गते शुक्रबारका दिन रानीवन पार्टी प्यालेसमा सभा आयोजना हुन गई रहेको थियो ।   ...

1663308665norvic-gif.gif

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.२० करोड लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २० करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७८ जेठ  २ गतेदेखि २०७९ जेठ २ गतेसम्म ३६६...

रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज (वैशाख २२ गते)कम्पनीको ११ औँ वार्षिक साधारण सभा भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो ।  सभामा संस्थाको सञ्चालक समितिबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै बोनस...

एनआईसी एशिया बैंकद्वारा बीमा दाबी भुक्तानी

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बीमा रकम जनही रू. १० लाखका दरले दुई जना ग्राहकहरूलाई भुक्तानी गरेको छ ।  सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिज्यूले बैंकको रुपन्देही जिल्लास्थित...

16454172591200x120.gif

स्ट्याण्डर्ड चाटर्ड बैंकका कम्पनी सचिव भण्डारीद्वारा पद बहाली

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडका कम्पनी सचिवमा गोपी कृष्ण भण्डारीले पद बहाली गरेका छन्। भण्डारीले वैशाख १७ गतेबाट पद बहाली गरेका हुन्।  बैंकको सञ्चालक समितिको ४१० औँ बैठकले भण्डारीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो।     ...

सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठान नेपाललाई छात्रवृत्तिस्वरुप रु. ५ लाख प्रदान

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपालका विद्यार्थीहरुबाट नेपालमै  निर्मित पहिलो स्याटलाइट NepaliSat-2 अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी ९नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान० र गैरसरकारी संस्थासँगको सहकार्यमा...

सुरक्षित रुपमा बैकिङ सेवा प्रदान गर्न निर्देशन

काठमाण्डौ । कोरोना संक्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको पालना गरी सुरक्षित बैकिङ सेवा प्रदान गर्न नेपाल बैंकर्स एशोसिएसशनले सदस्य बैंकलाई निर्देशन दिएको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएशनले सदस्य बैंकलाई निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको...

स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा बोहरा नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमा जोशी बोहरा नियुक्त भएकि छन्। संस्थाको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले बोहरालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई वैशाख २१ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सञ्चालकमा नियुक्त गरेको संस्थाद्वारा...

मेगा बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ।  आई बोस ग्लोबल लाइफ इन्टरनेसनलसँग गत शुक्रबार भएको सम्झौताअनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो। ग्राहकले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि...

एनआईसी एशिया बैंकका ग्राहकले विभिन्न ई–कमर्स कम्पनीबाट किनमेल गर्दा १५% क्यास ब्याक पाउने

काठमाण्डौ । नयाँ भेरियन्टको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि देशका विभिन्न स्थानमा गरिएको निषेधाज्ञाका बेला एनआईसी एसिया बैंकका ग्राहकले विभिन्न ई–कमर्स कम्पनीमार्फत गर्ने किनमेलमा १५ प्रतिशत क्याज ब्याकको योजना सार्वजनिक गरेको छ।   विभिन्न ई–कमर्स कम्पनीले दैनिक रुपमा अत्यावश्यक सामग्री उपभोक्ताको...

केन्द्रिय कार्यालयमा २०% र शाखा कार्यालयहरुमा २५%भन्दा कम कर्मचारीका साथ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा जारी भएका स्थानहरुमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको केन्द्रिय कार्यालयहरुमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयहरुको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्न निर्देशन जारी गरेको छ।  राष्ट्र बैंकले कोरोना संक्रमणको जोखिम बढ्दै गएको र नयाँ भेरियन्टको...

युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का

काठमाण्डौ । युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वैशाख १९ गतेदेखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  कम्पनीले वैशाख १७ गतेको पत्रमार्फत नबिल बैंक र युनाईटेड फाइनान्सबीच प्राप्ति गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका कारण प्राप्ति प्रयोजनका लागि...

वेष्ट फाइनान्स कम्पनीद्वारा वार्षिक साधारण सभा स्थगन

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा स्थगन गरेको छ। कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औँ वार्षिक साधारण सभा स्थगन गरेको हो।  कोरोना भाइरसको नयाँ संक्रमणका कारण नेपाल सरकारबाट जारी निषेधाज्ञा र कोभिड–१९को विषम परिस्थितीलाई मध्यनजर गर्दै यहि वैशाख ३१ गते आयोजना हुन गईरहेको...