काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सहायकदेखि म्यानेजर पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । बीमा क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने योग्य इच्छुक आवेदकहरुले यी...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी बापतको रकम भुक्तानी गरेको छ। कम्पनीको दमक शाखाले ५० लाख रुपैयाँबराबरको घातक रोग दाबी भुक्तानी गरेको हो । कम्पनीले बीमित नारायण प्रसाद खरेललाई उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।
उक्त रकम दमक शाखाका प्रमुख सुमन कुमार राईले हस्तान्तरण गरेका हुुन् ।
बीमित खरेल ठूलो...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ।
युववर्गमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत ‘युवासँग महालक्ष्मी लाइफ’ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको हो।
कम्पनी...
काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन,नियम र निर्देशिकाको परिपालना गर्न तथा बीमा व्यवसायलाई स्वच्छ एवम पारदर्शी ढंगले अघि बढाउन जीवन बीमा कम्पनीका सञ्चालकहरुलाई निर्देशन दिएका छन्।
बीमा समितिले ‘जीवन बीमासँग सम्बन्धित समस्या र समाधान’ विषयमा जीवन बीमा कम्पनी कम्पनीका सञ्चालक समितिका अध्यक्षहरुसँग...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् । खनाल कम्पनीको संस्थापक सेयरधनी सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट सञ्चालकमा निुयुक्त भएका हुन् ।
बैंकको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकको निर्यायबमोजिम भदौ २१ गतेदेखि लागू हुनेगरी अर्जुनभद्र खनाललाई कम्पनीको सञ्चालकमा...
काठमाण्डौ। इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ।
बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशतदेखि रु. १ हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन्। यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ।
कात्तिक मसान्तसम्म सञ्चालन...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिना अर्थात साउनमा १६ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार देशमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यो एक महिनाको अवधिमा सबैभन्दा धेरै कुल बीमाशुल्क...
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको अधिकतम रेन्जभित्र प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो।
गत भदौ १६ गते नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित...
काठमाडौं । हाले आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको २ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्से र कम्पनीबीच आज(भदौ १६गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २ करोड कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल) २० औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले सन् २००१ सेप्टेम्बर १ बाट नेपाली जीवन बीमा व्यवसायमा आफ्नो यात्राको थालनी गरेको थियो ।
कम्पनीले जीवन बीमा व्यवसाय गर्नका लागि बीमा समितिबाट सन् २००१ अगस्ट ७ मा अनुमति प्राप्त गरेको थियो । एलआईसी नेपाल कम्पनी ऐृन २०५३ बमोजिम सन्...
काठमाण्डौ । “जीवन बीमा जरुरी छ “ भन्ने मूल नाराका साथ अगाडी बढेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ भदौ १५ गतेका दिन नेपाली जीवन व्यवसाय क्षेत्रमा प्रवेश गरेको कम्पनीले आफ्नो सञ्चालनको ४ वर्ष सफलतापूर्वक पार गरी ५ औँ वर्षमा प्रवेश गरेको हो ।
रिलायबल नेपाल लाइफ कम्पनी ऐन २०६३ अनुसार...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको १३ लाख रुपैयाँ बढी मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीले मृतक बीमित नवराज शंकरको परिवारलाई १३ लाख ७८ हजार ६६८ रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त रकम निजकी पत्नी बिजु लकान्द्रीलाई प्रदान गरिएको हो । इलाम नगरपालिकामा आयोजित एक...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकर लिमिटेडको ५१% संस्थापक सेयर खरिद गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरका तर्फबाट...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । कम्पनीको १७ लाख कित्ता बढी सेयर सोधारण सेयरमा परिणत गरिएको हो । संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कम्पनीको १७ लाख ७८ हजार ०२६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।
यससँगै कम्पनीमा संस्थापक सेयरधनीको सेयर स्वामित्व ५१ प्रतिशत...
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीले रोजगारीको सिलसिलामा मलेसियामा रहेका बेला ज्यान गुमाएकी आइतमाया मगरको परिवारलाई म्यादी बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।
उक्त रकम कम्पनीले मृतक बीमितको...