न्यूज


महुली लघुवित्तको स्वतन्त्र सञ्चालकमा लुइटेल नियुक्त

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सन्तोष कुमार लइटेल नियुक्त भएका छन् । संस्थाको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा लुइटेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई भदौ २३ गतेदेखि लागूहुेन गरी सञ्चालकमा नियुक्त गरिएको संस्थाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ...

मुक्तिनाथ क्यापिटलको वार्षिक साधारण सभा असोज १ गते

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १ गते शुक्रबारका दिन काठमाण्डौ रविभवनमा रहेको होटल क्राउन इम्पेरियलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको तर्फबाट...

साधना लघुवित्तका अनुगमन अधिकृतहरुलाई व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि व्यवसाय प्रवर्द्धन एवं जोखिम व्यवस्थापनका आधारभूत सीप विकास कला र कौशल विषयक दुईदिने तालिममा गोरखामा सञ्चालन गरेको छ। वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर थापाको प्रमुख आतिथ्यता र वित्तीय संस्थाका...

1663308665norvic-gif.gif

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको अध्यक्षमा थापा नियुक्त

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा निर्वाचित भएका छन् । थापा कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वारोध निर्वाचित भएका हुन् ।  कम्पनीको सोहि दिन बसेको सञ्चालक समितिको बैठकले थापालाई अध्यक्षमा चयन गरेको छ । यसका साथै उक्त बैठकले सुरेन्द्र बहादुर खड्कालाई...

बीमा समितिद्वारा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने म्याद थप

काठमाण्डौ । बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताको अध्ययन/अनुसन्धानका लागि गरिएको आह्वानमा प्रस्ताव पेस गर्ने म्याद थपिएको छ । समितिले प्रस्ताव पेस गर्ने म्याद १५ दिन थप गरेको छ ।  समितिले नेपालको बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि चाल्नुपर्ने भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी...

सेलपेले ल्यायो आकर्षक क्यासब्याक अफर

काठमाण्डौ । सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ।  यस योजनाअन्तर्गत सेलपेका फुल केवाईसी ग्राहकले हप्ताको एकपटक मोबाइल टपअपमा १५% ९रु.३०० रुपैयाँसम्म क्यासब्याक पाउने छन्। यो योजना भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने सेलपेले जनाएको छ।  सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली,...

16454172591200x120.gif

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाको विजेताले पाए ‘ग्रान्ड आई१०’

काठमाण्डौ। फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ उपहार योजनाका विजेतालाई गाडी हस्तान्तरण गरिएको छ।  यस योजनामा झापा बिर्तामोडका उज्जल अधिकारीले ह्युन्डाईको ग्रान्ड आई१० गाडी जित्न सफल भएका हुन्। उनलाई एक कार्यक्रमकबीच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर,  नबिल बैंकका चिफ...

दोर्दी खोला जलविद्युत कम्पनीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो ।  बैठकलेृ आगामी असोज ६ गते त्रिपुरेश्वर काठमाण्डौमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यम जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको...

आई पे रेमिटको टिकटक च्यालेन्ज प्रतियोगिता सुरु, रु. २० हजार जित्ने मौका

काठमाण्डौ । आई पे रेमिटले हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता आज भदौ १४ गतेबाट सुरु गरेको छ।  यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ। भदौ २४ गतेसम्ममा सञ्चालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली...

बीमा समितिले सञ्चालन गर्न लागेको बीमा सर्भेयर तालिमका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बीमा समितिले सञ्चालन गर्न लागेको बीमा सर्भेयर तालिमका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । समितिले गत भदौ ८ गतेदेखि बीमा सर्भेयर तालिम लिन चाहनेहरुका लागि आवेदन माग गरेको थियो।  समितिले सेर्भेयर तालिममा सहभागी हुन इच्छुक योग्य नेपाली नागरिकहरुलाई समितिको वेभसाइट www.nib.gov.np को एप्लिकेसन लिंकमा गई आवेदन फारम भर्न सक्ने...

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो ।       डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ ।...

अरुण काबेली पावरको कम्पनी सचिवमा भट्टराई नियुक्त

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त भएका छन् । कम्पनीको आज(भदौ १३ गते)बसेको सञ्चालक समितिको बैठकले  भट्टराईलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।    ...

एक वर्षमा रु.१० खर्ब विप्रेषण भित्रियो

काठमाण्डौ । कोरोना कहरका कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको गतिविधि कम भए पनि विप्रेषण आप्रवाहमा भने सकारात्मक प्रभाव देखिएको छ ।       सरकारले हुण्डी जस्ता अवैध कारोबारलाई नियन्त्रण गरेका कारण पनि वैधानिक माध्यमबाट विप्रेषण भित्रने क्रममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०७७/७८ को ...

एनएमबी क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १ गते शुक्रबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको आरण्ड बुटिक होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट...

मुक्तिनाथ क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १ गते शुक्रबारका दिन काठमाण्डौ रविभवनमा रहेको होटल क्राउन इम्पेरियलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको तर्फबाट...