निर्जीवन बीमा


हिमालयन जनरल इन्स्योरेन्सको मुनाफा १०.३५%ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २५ करोड ९ लाख २० हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन २६ करोड १२ लाख ८१ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

अजोड इन्स्योरेन्सद्वारा रु.३८.२८ करोड बीमाशुल्क आर्जन, मुनाफा कतिले वृद्धि ?

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड २८ लाख १५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ३० करोड २९ लाख ५ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट...

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, ९ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको ९ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ। कम्पनीको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो।  सेयर संरचना परिवर्तनपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१...

1663308665norvic-gif.gif

प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयरमा आवेदन दिने आज(साउन २२ गते) अन्तिम दिन रहेको छ ।  राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले...

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्ठौ । एनएलजी इन्स्यारेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको १५ औँ वार्षिक साधारण सभा आज(साउन २१ गते) पानीपोखरी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत सम्पन्न भएको हो।  उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३...

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(साउन २१ गते)आयोजना हुँदैछ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  सभा आज काठमाण्डौ पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चअल माध्यमबाट आयोजना हुँदैछ ।    उक्त सभामा कम्पनीको...

16454172591200x120.gif

राष्ट्रिय बीमा कम्पनी आठौँ वर्षमा प्रवेश

काठमाण्ठौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले साउन १८ गते सोमबारदेखि आठौँ वर्षमा प्रवेश गरेको हो । कम्पनीले आठौँ वार्षिकोत्सवका अवसरमा एक कार्यक्रम आयोजना गरी मनाएको छ । कोरोनाका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको र अनौपचारिक रूपमा कम्पनीको सञ्चालक समितिको कार्यकक्षमा कार्यक्रम...

निर्जीवन बीमा कम्पनीहरुद्वारा ३१.७० अर्ब बीमाशुल्क आर्जन, कुनको कति ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ३१ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार आ.व २०७७/७८ को चौथो त्रैमाससम्ममा २० वटा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।  समिक्षा अवधिसम्ममा सबैभन्दा धेरै...

आइएमई जनरल इन्स्योरेन्सको १० लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको १० लाख बढी संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ। कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो।  परिणतपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।  ...

शिखर इन्स्योरेन्स र सिप्रदीबीच अटो प्लस सम्झौता

काठमाण्डौ । शिखर इन्स्योरेन्स र सिप्रदी ट्रेडिङबीच अटो प्लस सम्झौता भएको छ। शिखर इन्स्योरेन्स र सिप्रदीबीच शुन्य ह्रास कट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको दैनिक भाडादर तीन हजार र एस तथा इन्ट्राका लागि १५ हजार दिने सम्झौता भएको हो ।  सम्झौतामा सिप्रदीका उपसभापति सौरवराज थपलिया र शिखरका सिइओ दीपप्रकाश पाण्डेले...

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ४२  हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११९८ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३१८...

जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १२ गते मंगलबार ३.३० बजे बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त भएका छन् ।  कम्पनीको चैत ३० गते बसेको...

एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भोलि(साउन १४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा दाबी भुक्तानी

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक राजदेव यादवको हकवालालाई रु.२५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  मृतक यादवले जगदम्वा मोटर्स प्रा.लि मार्फत नेपाल ईन्स्योरेन्समा दुर्घटना बीमा गराएका थिए । मृत्यु दाबी अन्तर्गतको २५ लाख रुपैयाँको चेक कम्पनीका निमित्त प्रमुख...