सेयर बजार


ग्रिनलाइफ हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ग्रिनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका १ करोड ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो।  नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम फागुन २५ गतेको निर्णयानुसार...

परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १९२.६१ अंकले घटदै ११८७६.३० को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि १२१.०६ अंकले ओरालो लाग्दै १५७२१.६९ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी भोलिदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि(चैत ३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले प्रति सेयर रु.१०० अंकित दरका २५ हजार हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो।  यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले...

1663308665norvic-gif.gif

सूर्योदय लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को मुनाफाबाट १५.३४५७७३४ प्रतिशत बोनस सेयर र ०.८०७६७२३ प्रतिशत नगद लाभांस गरी १६.१५३४४५७ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

ग्लोबल आइएमई बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आज(चैत १ गते)देखि ऋणपत्र निष्कासन गरेको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको रु १ हजार अंकित दरका ३० लाख कित्ता भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल निष्कासनमध्ये १८ लाख कित्ता ऋणपूँजीले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख कित्ता...

गिरावटका साथ साताको सुरुवात, बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५३.९ अंकले ओरालो लाग्दै १५८४२.७५ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३७४.५३ अंकले घट्दै १२०६८.९१ को बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

16454172591200x120.gif

सनराइज ब्लूचिप फन्डको सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सनराइन बैंक कोष प्रवद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको १० करोड इकाइको सनराइज ब्लूचिप फन्डको सार्वजनिक निष्कासन आज(चैत १ गते)देखि भएको छ। यो फन्ड सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुनेछ।  कुल इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक सनराइज क्यापिटललाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख...

नेप्सेद्वारा दुई लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)दे दुईवटा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सबैको लघुवित्तद्वार प्रस्तावित १०.४० र स्वावलम्बन लघुवित्तद्वारा प्रस्तावित १९.००५६४५२६ प्रतिशत...

नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा १२ लाख कित्ता सेयर थपियो

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको नाममा १२ लाख कित्ता सेयर सूचीकृत भएको हो।  बैंकले सिटी एक्सप्रेसलाई १००ः३० सेयर स्वाप रेसियोमा प्राप्ति गरेको थियो। यो सेयर स्वाप रेसियोअनुसार सिटी सिटी एक्सप्रेसको ४० लाख कित्ता सेयरबराबर नेपाल इन्भेस्टमेन्ट बैंकको १२...

बोर्डद्वारा बिशाल ग्रुपसहित थप १० योग्य संस्थागत लगानीकर्ताका रुपमा स्वीकृति प्रदान

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमा सहभागी हुन थप १० योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ ।  नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न थप १० वटा संस्थालाई स्वीकृति प्रदान गरेको हो । यससँगै बोर्डबाट अब ७४ ओटा संस्था योग्य संस्थागत लगानीकर्ताका रुपमा समावेश...

नेपालको सबैभन्दा ठूलो धागो उद्योगले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट १४ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।  कम्पनीले आइएपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।  सो सम्बन्धमा...

मल्टीपपर्स फिनान्सको अवितरित हकप्रदको लिलामी भोलिदेखि

काठमाण्डौ । मल्टीपपर्स फिनान्स कम्पनी लिमिटेड(वित्तीय संस्थाले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले २०७६ असार २३ गतेदेखि भदौ ०९ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको १७ लाख बढी हकप्रद सेयर लिलामी राख्न लागेको हो।  कम्पनीले भोलि(फागुन २८) गते संस्थागत समूहतर्फको १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल...

कुमारी इक्वीटी फन्डमा माग गरेभन्दा ३५% बढी आवेदन

काठमाण्डौ । कुमारी इक्वीटी फन्डमा माग गरेभन्दा बढी आवेदन परेको छ। गत फागुन १४ गतेदेखि फागुन २५ गतेसम्म निष्कासन गरिएको यो इक्वीटी फन्डमा माग गरेभन्दा ३५ प्रतिशत बढी आवेदन परेको कुमारी क्यापिटलले जनाएको छ।  कुमारी बैंक लिमिटेड कोष प्रवद्धर्क र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी ईक्वीटी फन्डको सार्वजनिक निष्कासन...

हकप्रद निष्कासनका लागि अरुण भ्याली हाइड्रोपावरले तय गर्यो बुक क्लोज मिति

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आउँदो चैत ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  यसर्थ चैत ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै हकप्रद सेयर खरिदका लागि योग्य...

परिसूचकमा झिनो गिरावट, बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १२८.८३ अंकले घट्दै १६२९६.६४ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२७.३६ अंकले घट्दै १२४४३.४५ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। यस्तै...