सेयर बजार


धितोपत्र बोर्डको नियत 'शंकास्पद' देखिएपछि अर्थमन्त्रीको हस्तक्षेप, ब्रोकर कमिसन तत्काल घटाउन निर्देशन

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् ।  धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने भन्दै आफूहरुलाई पटक पटक झूठो आश्वासन दिएको र बोर्ड नै ब्रोकरहरुसँग मिलेर कमिसन नघटाउने योजनामा रहेको  उजुरी लगानीकर्ताहरुले अर्थमन्त्रालयमा गरेका थिए...

हिमालयन डिष्टलरीद्वारा लाभांस वितरणको प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ ।  हिमालयन डिष्टलरी लिमिटेडले सतप्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट कम्पनीका सेयरधनीलाई चुक्तापूँजीको ५० प्रतिशत बोनस सेयर(कायम दुई सेयरमा एक बोनस...

परिसूचकको ओरालो यात्रा तेस्रो दिन पनि जारी, बीमातर्फ पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह २७४.२७ अंकले ओरालो लाग्दै १३२५८.०९ को बिन्दुमा सीमित बन्यो।  आज निर्जीवन बीमा समूह पनि १३५ .५९ अंकले घट्दै ९६६३.४५ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान...

1663308665norvic-gif.gif

घट्दो बजारमा लघुवित्त कम्पनीको सेयरमूल्यमा उछाल, बीमातर्फ दुवै समूहमा गिरावट

काठमाण्डौ । आज दुवै बीमा समूहमा गिरावट आएको छ। आज जीवन बीमा समूह १६०.८५ अंकले ओरालो लाग्दै १३५३२.३६ को बिन्दुमा सीमित बन्यो।  निर्जीवन बीमा समूह पनि आज १३८.४२ अंकले घट्दै ९७९९.०४ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।  त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा...

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले लिलामीमार्फत बिक्री गर्न राखेको १ लाख ४ हजार कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   संस्थाले गत मंसिर १७ गतेबाट १ लाख ४ हजार कित्ता संस्थापक सेयर लिलामीमा...

छ्याङदी हाइड्रोपावरद्वारा लाभांस वितरण र हकप्रद निष्कासनको प्रस्ताव, साधारण सभाको मिति पनि तय

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफबाट सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ सम्मको संचित मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांस गरी कुल ५.२३...

16454172591200x120.gif

चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।    कम्पनीले गत मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि चुक्तापुँजीको २ प्रतिशत अर्थात ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन गरेको थियो। धितोपत्र निष्कासन तथा बिक्री...

बजारमा सामान्य अंकको करेक्सन, टर्नओभरमा बीमा कम्पनीको दबदबा

काठमाण्डौ । कारोबारको तेस्रो दिन आज जीवन बीमा समूह वृद्धि भएको छ। आज जीवन बीमा समूह ५१.७६ अंकले बढ्दै १३६९३.२१ बिन्दुको उचाईमा पुग्यो।  आज निर्जीवन बीमा समूहमा भने गिरावट आएको छ। निर्जीवन बीमा समूह आज ८१.९६ अंकले घट्दै ९९३७.४६ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परे...

माउन्टेन इनर्जीको सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर भोलिदेखि(पुस १ गते)देखि कारोबारमा आउने भएको छ । आज कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएसँगै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउन लागेको हो । आज नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड ९६ लाख ८० हजार २७०...

समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।    ...

रिडी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

 काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज(मंसिर ३० गते) कम्पनीको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको २ लाख ६५ हजार ५५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।     ...

चन्द्रागिरी हिल्सको आईपीओ निष्कासन पुस १ मा बन्द हुने, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आईपीओमा सोमबारसम्म ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन परेको छ।    धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार सोमबारसम्म २ हजार ६९१ आवेदकबाट ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन परेको हो।...

साल्ट ट्रेडिङको वार्षिक साधारण सभा आज, ३५ प्रतिशत लाभांस पारित हुने

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार आज (मंसिर ३० गते) भर्चुअल जुम मिटिङ मार्फत ५३ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो।  सभाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा...

नेप्सेद्वारा बरुण हाइड्रोको कारोबार स्थगित, ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बरुण हाइड्रोपावरको कम्पनी लिमिटेडको सेयर कारोबार स्थगित गरेको छ। नेप्सेले मंसिर २८ गतेको पत्रबाट आ.व २०७६÷७७ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरिएको व्यहोरा मंसिर २९ गते कम्पनीबाट कारोबार समयमा प्राप्त गरेको जनाएको छ। धितोपत्र...

बरुण हाइड्रोपावरद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांस(बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) गरी कुल...