सेयर बजार


निरन्तर ओरालो लाग्दै बजार,बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४३२.२८ अंकले घट्दै १३५११.२३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३४५.०२ अंकले घट्दै ११५२८.८९ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । गत चैत १६ गतेदेखि  ऋणपत्र निष्कासन भएको बैंकको ऋणपत्रमा अब चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल...

समृद्धि फाइनान्सले ९.४० लाख कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहतर्फको ९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ र सर्वसाधारण समूहतर्फको ७३ हजार १ सय कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद सेयर...

1663308665norvic-gif.gif

नयाँ सारथी लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २२ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत २३ गतेदेखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  संस्थाले...

बजारको गिरावट कायमै,बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १९९.४६ अंकले घट्दै ११८७४.५९ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि १२८.५३ अंकले ओरालो लाग्दै १३९३२.४४ बिन्दुमा सीमित भयो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो...

युनिक नेपाल लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको रु.१०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता सेयरका लागि चैत १७ गते सेबोनसमक्ष आवेदन दिएको हो ।  संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा...

16454172591200x120.gif

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(चैत २१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १६ गतेदेखि आम सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँको रु.१०० अंकित दरका १८ लाख २७ हजार ९७० कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता कर्मचारीहरुका लागि र ५...

नेप्सेमा १५.८२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकुत भएको छ । आज नेप्सेमा रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६.५० कित्ता र नेपाल हाइड्रो डेभलपर्सको २ लाख ९ हजार ३ सय कित्ता गरी कुल १५ लाख ८२ हजार ७८६.५ कित्ता बोनस सेयर...

परिसूचकमा गिरावटका साथ साताको सुरुवात,सूर्या लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २१६.९९ अंकले घट्दै १४०६०.९७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १७४.६१ अंकले ओरालो लाग्दै १२०७१.४४ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।...

सूर्योदय र वोमी लघुवित्तको एकिकृत कारोबार सुरु,सीईओमा मोक्ष प्रसाद पंगेनी नियुक्त

काठमाण्डौ । एक आपसमा गाभिएका सूर्योदय लघुवित्त र वोमी लघुवित्तले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका छन् ।  वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत पुस १६ गते बसेको अलग अलग सम्पन्न  वार्षिक साधारण सभाबाट पारित गरिएको थियो । ...

ग्रिन भेन्चर्सको आईपीओ बाँडफाँड सम्पन्न,१८ लाख बढीको हात खाली

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बाँडफाँड आज धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको नयाँ बानेश्वरमा रहेको कार्यालयमा सम्पन्न भएको हो ।  मागभन्दा बढी आवेदक परेका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथाका माध्यमबाट गरिएको हो । कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ आवेदकबाट २...

एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको  गत असोज १६ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस सेयर भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा...

रिभर फल्स पावरले चैत २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आगामी चैत २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन...

दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १७९.६४ अंकले घट्दै १४२७४.६१ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३९.६८ अंकले ओरालो लाग्दै १२२४३.६७ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज...

मनकामना स्मार्ट लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम तिर्न सेयरधनीहरुलाई आग्रह

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७.७८ का लागि पारित १७ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर भुक्तानी गर्न संस्थाले सेयरधनीहरुलाई आग्रह गरेको हो । संस्थाले साविकको स्मार्ट...