सेयर बजार


साल्ट ट्रेडिङद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५० नगल लाभांस गरी कुल १०.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।  ...

परिसूचकमा उच्च वृद्धि,बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ९२२.१६अंकले उकालो लाग्दै १४२१३.५४ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५६७.८७ अंकले बढ्दै ११९६५.६० बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ६ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज...

प्राइम कमर्सियल बैंकको ऋणपत्रको ब्याज भुक्तानी

काठमाण्डौ ।  प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । पुस मसान्तसम्म कायम लगानीकर्ताहरुलाई बैंकले जारी गरेको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ को अर्धवार्षिक ब्याज भुक्तानी गरिएको हो ।  बैंकले विविध कारणले आफ्नो ब्याज रकम हालसम्म पनि आफ्नो खातामा प्राप्त नगरेका लगानीकर्ताहरुलाई आफ्नो हितग्राही...

1663308665norvic-gif.gif

समृद्धि फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(फागुन २९ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ८ गतेदेखि विद्यमान चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँको २ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । यो हकप्रदमा गत पुस ८ गतेसम्म कारोबार भई कायम...

नेसनल माइक्रोफाइनान्स लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत माघ ६ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांस(कर सहित) गत पुस २६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  भौतिक सेयर अभौतिक नगरेका...

प्राइम कमसिर्यल बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । प्राइम कमसिर्यल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट फागुन २३ गते १० वर्षे अवधिको १० प्रतिशत ब्याज दर भएको प्राइम डिबेन्चर २०८८ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ताले...

16454172591200x120.gif

अपि पावरले पायो हकप्रद सेयर निष्कासनको अनुमति

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले कम्पनीलाई आज(फागुन २६ गते) १ करोड ८ लाख ६० हजार  कित्ता हकप्रद अर्थात हाल कायम चुक्तापूँजी रु.२७५.८९ करोडको १०ः३.९३६२९२६ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  कम्पनीको हकप्रद निष्कासन तथा बिक्री...

परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ गुराँस लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३७१.८४ अंकले बढ्दै १३२९०.४३ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २४८.१ अंकले उकालो लाग्दै ११३९७.७३ बिन्दुमा  पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाण्डौ। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(ण्नेप्से)मा सूचीकृत भएको छ। संस्थाको आईपीओसहित २६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र संस्थाबीच आज(फागुन २६ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २६ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको...

डिप्रोक्स लघुवित्तको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम नबिल इन्भेष्टमेन्ट बैंकिङलाई चैत ३ गतेदेखि लागू हुनेगरीसेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।  यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज,...

चिलिमे जलविद्युत कम्पनीको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  चिलिमे जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको  गत पुस २३ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ७.५ प्रतिशत बोनस सेयर फागुन २३ गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा...

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज(फागुन २६ गते)अन्तिम दिन रहेको छ । माग अनुसार आवेदन नपरेका कारण आईपीओमा आवेदन दिने समयावधि दोस्रोपटक थप गरिएको थियो ।   यसअघि आईपीओमा आवेदन दिन अन्तिम मिति फागुन १९ गतेलाई छुट्याइएको थियो । कम्पनीले...

गरिमा विकास बैंकले डाक्यो साधारण सभा,बोनस सेयरपश्चात थप १.९ लाख कित्ता सेयर निष्कासन गरिने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा आगामी चैत १८ गते पोखरा स्थित होटल पोखरा ग्राण्डमा बिहान १०.३० बजे आयोजना हुने भएको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि...

नेप्सेमा दोहोरो अंकको गिरावट,बीमातर्फ नेसनल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १९८.५३ अंकले घट्दै १११४९.६३ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १३९.९ अंकले ओरालो लाग्दै १२९१७.७१ बिन्दुमा झर्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।...

युनिक नेपाल लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम एनआईसी मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।  यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका...