सेयर बजार


नेशनल माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज,लाभांसको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको आठौँ वार्षिक साधारण आज क्रिक रिसोर्ट, धादिङबेशीमा बिहान ११ बजे आयोजना हुन लागेको हो । उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै...

आरएमडीसी लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत पुस ३० गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांस(कर सहित) माघ ६गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  संस्थाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त...

एभरेष्ट बैंकको ऋणपत्रमा माघ १७ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकको ऋणपत्रमा अब लगानीकर्ताहरुले माघ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् ।  बैंकले गत (माघ ३ गते)देखि १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको थियो ।   कुल...

1663308665norvic-gif.gif

नेप्सेमा आज पनि करेक्सन,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २२५.८७ अंकले ओरालो लाग्दै १६१८९.३९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीम उपसूचक पनि ११७.१६ अंकले घट्दै १३०८९.८४ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

स्वावलम्बन लघुवित्तको १.६२ कित्ता संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको छ । बैंकले स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक सेयर आज(माघ ५ गते)देखि लिलामीमा राखेको हो ।  यो लिलामीमा सेयरमा विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति,संस्था र कम्पनीहरुले बोलपत्र...

प्रुडेन्सियल क्यापिटलद्वारा दुई बीमा सहित ७ कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीका लिमिटेडले दुईवटा बीमा कम्पनीसहित ७ वटा कम्पनीको संस्थापक सेयर लिलामीमा राखेको छ । कम्पनीले नेशनल लाइफ,नेपाल इन्स्योरेन्स,प्रभु बैंक,प्राइम कमर्सियल बैंक,कुमारी बैंक,आईसीइफसी फाइनान्स र ग्रामिण विकास लघुवित्तको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखेको हो ।  कम्पनीले आज(माघ ५...

16454172591200x120.gif

प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १०६१.७१ रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

नेप्सेमा २ लाख कित्ता बढी साधारण सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २ लाख कित्त बढी साधारण सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा आरम्भ चौतारी लघुवित्तले प्राप्ति गरेको साविकको देउराली लघुवित्तको २ लाख १ हजार ६ सय कित्ता सेयर सूचीकृत भएको हो ।  आरम्भ चौतारीले देउराली लघुवित्तलाई १ः०.८४ अनुपातमा प्राप्ति गरेको थियो ।  ...

परिसूचकमा दोहोरो अंकको करेक्सन,बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपूसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९८.१६ अंकले घट्दै १६४१५.२६ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १७८.११ अंकले ओरालो लाग्दै १३२०७ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज आइएमई...

आरएसडिसी लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम बिओके क्यापिटललाई माघ २ गतेदेखि लागूहुने गरी सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।  यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका...

जोशी हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको माघ ३ गतेका लागि डाकिएको ती आर्थिक वर्षको वार्षिक साधारण सभा स्थगित भएकोृ हो । गणपूरक संख्या नपुगेका कारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।  कोभिड जोखिमका बीच स्थगित यो सभा पुनः आव्हानका लागि सभा हुने मिति, स्थान र समयसहित पुनः सूचना जारी...

आज पनि दोहोरो अंकले बढ्यो बजार,बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपुसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८०.२७  अंकले बढ्दै १६६१३.४२ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५०.४१ अंकले उकालो लाग्दै १३३८५.११ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज शिखर...

नेप्सेमा दुई बैंकको १.७० करोड कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंक र मेगा बैंकको १ करोड ७० लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयर र मेगा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  ।  मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर र एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३...

महालक्ष्मी विकास बैंकको साधारण सभा पुनःस्थगित

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा पुनःस्थगित भएको छ। उच्च अदालतको आदेशअनुसार बैंकको आज हुने भनिएको २० औँ वार्षिक साधारण सभा स्थगित भएको हो ।  यसअघि बैंकको सञ्चालक समितिले गणपुरक संख्या नपुगेको भन्दै पुस २५ गतेको वार्षिक साधारण सभा स्थगित गरेको थियो । उक्त स्थगित वार्षिक साधारण सभा माघ ३ गतेका लागि...

किसान लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ३९ करोड...