सेयर बजार


नाडेप लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  संस्थाको सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाको सेयरमूल्य प्रतिकित्ता ८६५.८३ रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन संस्थाको...

एभरेष्ट बैंकको ऋणपत्र निष्कासन आजदेखि,ब्याजदर कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आज(माघ ३ गते)देखि  ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको...

चार कम्पनीको ७.७७ लाख कित्ता सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्तसहित चार कम्पनीको ७ लाख बढी कित्ता सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेका आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, महुली लघुवित्त र नागरिक लगानी कोष (सीआईटी)को कुल ७ लाख ७७ हजार ५० कित्ता सेयर आज(माघ २ गतेदेखि)लिलामीमा राखिएको हो । लिलामीमा राखिएका सेयरमा...

1663308665norvic-gif.gif

नेप्सेमा दिनहुँ उछाल,बीमातर्फ प्रिमियम इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३८९.५१ अंकले बढ्दै १६५२९.२५ को उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २६६.२२ अंकले उकालो लाग्दै १३३३४.७० बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

पिपुल्स पावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस २७ गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँको रु.१०० अंकित दरका ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।  बोर्डबाट...

मिथिला लघुवित्तको वार्षिक साधारण सभाबाट २५% लाभांश पारित

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको १३ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।  संस्थाका सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षता र नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रमुख निरा ताल्चाभँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको तेह्रौं साधारण सभाले चारवटा साधारण र छवटा विशेष प्रस्तावहरु पारित गरेको छ...

16454172591200x120.gif

दोहोरो अंकको वृद्धिका साथ साताको अन्त्य,बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३४९.६१ अंकले उकालो लाग्दै १६१३९.६४ बिन्दुको उचाइमा पुग्यो।यो दिन निर्जीवन बीमा उपसूचक पनि २८८.५६ अ.कले बढ्दै १३०६८.४८ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज नेको ...

हिमालयन डिष्टिलरीको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएकाुे छ ।  कम्पनीको २१ औँ वार्षिक साधारण सभा पुस २८ गते बुधबार वीरगञ्जमा सम्पन्न भएको हो । उक्त सभाबाट कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस गरी कुल १०० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ ।   भामा आर्थिक...

परिसूचकमा दोहोरो अंकको करेक्सन,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २६६.४५ अंकले घट्दै १२७७९.९२ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि १८९.९७ अंकले घट्दै १५७८९.१८ बिन्दुमा सीमित भयो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज नेपाल लाइफ इन्स्योरेन्सको...

प्रोग्रेसिभ फाइनान्सको लाभांश दर परिमार्जन

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको लाभांश दर परिमार्जन गरिएको छ ।  कम्पनीको सञ्चालक समितिको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्ताव गरेको लाभांस दर परिमार्जन गर्दै ६ प्रतिशत बोनस शेयर र ०.३१५७ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि कम्पनीले ७...

सेती नदी हाइड्रोले आईपीओ जारी गर्ने, निर्माणकार्य निर्धारित समयभित्रै सकिने दाबी

काठमाण्डौ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाले आईपीओ निकाल्ने निर्णय गरेको छ।  आयोजनाको प्रवर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निणर्य गरेको हो। साधारणसभाबाट पारित उक्त प्रस्तावलाई अब जतिसक्दो...

पाँच हाइड्रोसहित १० कम्पनीको वार्षिक साधारण सभा आज

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पाँच वटा हाइड्रो कम्पनी सहित १० वटा कम्पनीको वार्षिक साधारण सभा आज(पुस २८ गते) आयोजना हुँदैछ ।  आज नेपाल हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, न्यादी हाइड्रोपावर,पाँचथर पावर,तेह्रथुम पावर मितेरी डेभलपमेन्ट बैंक, उन्नति सहकार्य लघुवित्त, हिमालयन डिस्टीलरी,बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपालको...

जानकी फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ।व २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र ०.७८९५ नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा...

आज पनि दोहोरो अंकले बढ्यो नेप्से,बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ५९७.७१ अंकले उकालो लाग्दै १५९७८.१५ बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ३३६.१९ अंकले बढ्दै १३०४६.३७ बिन्दुको उचाइमा पुग्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज हिमालयन जनरल...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ । बैकको सञ्चालक समितिको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको हकप्रद सेयर खरिदका लागि आगामी माघ १२ गतेसम्म आवेदन दिन सकिने निर्णय गरेको हो । बैंकले मंसिर २३ गतेसम्म कायम सेयरधनीहरुका लागि गत पुस ७ गतेदेखि २७ गतेसम्मका लागि...