काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७.२००४ कित्ता हकप्रद सेयर आज( मंसिर २९ गते)देखि लिलामीमा राखेको हो ।
यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २९ गते)अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(पुस १ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
संस्थाले गत आर्थिक...
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २० गते मंगलबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको सञ्चालक ...
काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै मंसिर २४ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १२ करोड ४० लाख रुपैयाँको रु.१०० अंकित दरका १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
बोर्डबाट अनुमति...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कृषि विकास बैंकको दुईवटा कृषि ऋणपत्र सूचिकृत भएको छ। नेप्सेमा आज(मंसिर २८)कृषि विकास बैंकको ८ र ९ वर्षे अवधिको दुईवटा कृषि ऋणपत्र सूचीकृत भएको हो ।
बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ६० लाख कित्ता भएको ८ वर्षे अवधिको ४ प्रतिशत ब्याजदर भएको र चुक्तामूल्य १००० कायम भएका ३४ लाख २६ हजार...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन दुवै बीमा उपसूचकमा उछाल आएको छ । आज जीवन बीमा उपसूचक ६६१.६९ अ.कले बढ्दै १२८१६.९४ बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ६४५.१८ अंकले बढ्दै १०४३५.८३ बिन्दुमा पुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । बीमातर्फ आज...
काठमाण्डौ । नेप्से परिसूचकमा पुनःपोजेटिभ सक्रिर्ट लागेको छ । साताको तेस्रो कारोबार दिन आज १ः२६ बजे नेप्से परिसूचक ६.०१ प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लागेको हो । यसअघि १२ः३८ बजे ५.०१ प्रतिशतले बढेको नेप्से परिसूचक पुनः१ प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लागेको हो ।
दोस्रोपटक लागेको सक्रिर्टसँगै आजका लागि सेयर कारोबार स्थगित...
काठमाण्डौ । नेप्से परिसूचकमा पोजेटिभ सक्रिर्ट लागेको छ । साताको तेस्रो कारोबार दिन आज १२ः३८ बजे नेप्से परिसूचक ५.०१ प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लागेको हो । नेप्से परिसूचक ५.०१ प्रतिशत अर्थात ११४.२५ अंकले बढ्दै २३९५.९३ बिन्दुको उचाईमा पुग्यो ।
पोजेटिभ सक्रिर्ट लागेसँगै सेयर कारोबार ४० मिनेटका लागि स्थगित हुनेछ । अब सेयर...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रकाश कँडेल नियुक्त भएका छन् । बैंकको मंसिर २७ गते काठमाण्डौ हात्तिसारस्थित बैंकको केन्द्रिय कार्यालयमा बसेको सञ्चालक समितिको ३८५ औँ बैठकले कँडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर २७ गतेदेखि नै लागू हुनेगरी आगामी चार वर्षका लागि...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(मंसिर २८ गते) अन्तिम दिन रहेको छ । बैंकले गत मंसिर २४ गतेदेखि निष्कासन गरेको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो ।
कुल निष्कासनमध्ये...
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काण्माण्डौ महाराजगन्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आर्थिक...
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उनले भने “ अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २८ गते बुधबारका दिन काठमाण्डौ बागबजारमा रहेको होटल हार्दिकमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ५४५.९८ अ.कले घट्दै ९७९०.६५ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि ४२५.३३ अंकले ओरालो लाग्दै १२१५५.२५ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्...