सेयर बजार


निरन्तर ओरालो लाग्दै नेप्से,लुम्बिनी जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४६.६२ अंकले घट्दै १००९८.५७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १३८.१६ अंकले ओरालो लाग्दै ८७०१.८३ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

आँखुखोला जलविद्युतद्वारा दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ र १४ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो । बैठकले यी दुवै सभाहरु आगामी असार १२ गते आइतबार नयाँ बानेश्वर थापागाँउमा रहेको अर्वण ब्यांङक्वेटमा बिहान ११ बजे अयोजना गर्ने निर्णय गरेको छ ।    उक्त सभामा...

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ को सार्वजनिक निष्कासन आज(जेठ १९ गते)देखि गरिएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड...

1663308665norvic-gif.gif

किसान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(जेठ १९ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(जेठ २० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन...

परिसूचकमा सामान्य गिरावट,शिखर इन्स्योरेन्सको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १५७.१ अंकले घट्दै ८८३९.९८ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १५७.१ अंकले घट्दै ८८३९.९८ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज अजोड...

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १ लाख ९२ हजार ६२६ कित्ता सेयर लिलामीमा राखेको हो।  बैंकले  सुनिता नेवटियाको नाममा रहेको ५ हजार ०५४ कित्ता,अनिता श्रेष्ठको नाममा रहेको ७ हजार ६२६ कित्ता,बोध प्रसाद त्रिपाठीको...

16454172591200x120.gif

अपि पावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(जेठ १८ गते)देखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको ४ लाख ४९ हजार ३२८ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो ।  यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्...

नेप्सेमा दुई कम्पनीको २.४८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेको इन्स्योरेन्स र सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा नेको इन्स्योरेन्सको १५ प्रतिशत अर्थात २२ लाख ८२ हजार ४५०.६१ कित्ता र सपोर्ट लघुवित्तको ३० प्रतिशत अर्थात १ लाख ९८ हजार कित्ता गरी कुल २ लाख ४८ हजार ४५०.६१ कित्ता...

बजारको गिरावट जारी,बीमातर्फ एनएलजी इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २३६.४२ अंकले घट्दै ८९९७.०८ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ७१.८४ अंकले ओरालो लाग्दै १०४०१.०४ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु. १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि र ५...

‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने समयावधि थप

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने समयावधि थप गरिएको छ । गत जेठ १२ देखि निष्कासन भएको कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १२ करोड इकाइको यो म्युचुअल फन्डमा अब जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।   प्रति इकाइ मुल्य रु.१० दरको १२...

परिसूचकमा ५०.३३ अंकको गिरावट,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३०६.६९ अंकले घट्दै १०४७२.८८ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २४८.९५ अंकले घट्दै ९२३३.५० बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।  त्यस्तै...

हिमालयन हाइड्रोपावरको आईपीओ आवेदन दिने समयावधि पुनःथप

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समयावधि थप गरिएको हो । यसअघि पनि कम्पनीले जेठ १६ गतेसम्मका समयावधि थप गरेको थियो । अब लगानीकर्ताहरुले कम्पनीको...

रिभर फल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीलाई जेठ ९ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि कम्पनी र क्यापिटलबिच सम्झौता भएको हो । सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र क्यापिटलको तर्फबाट...

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाणडौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ३९ हजार ८२० कित्ता संस्थापक सेयर आज(जेठ १५ गते)देखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।  बैंकले संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालको नाममा रहेको २९ हजार ८२० कित्ता र नितु...