सेयर बजार


नेप्सेमा १७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज(भदौ २ गते)कम्पनीको ३६.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  नेप्सेमा कम्पनीको ३६.५ प्रतिशतले हुन आउने १७ लाख २८ हजार ४८१.२२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ३६.५ प्रतिशत...

परिसूचकमा दोहोरो अंकको सुधार, बीमातर्फ एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १५१.३२ अंकले बढ्दै १७७४५.८० बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८३.४१ अंकले बढ्दै १४३२३.७१ बिन्दुको उचाईमा पुग्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

विकास बैंकहरुले मागे ब्रोकर लाइसेन्स

काठमाण्डौ । विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो । एसोसिएशनले आज एक विज्ञप्ति...

1663308665norvic-gif.gif

श्वेत–गंगा हाइड्रोपावरद्वारा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ। श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नका लागि सानिमा क्यापिटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस सम्बन्धमा श्वेत–गंगा हाइड्रोपावर र सानिमा क्यापिटलबीच...

सिटिजन म्युचुअल फन्ड १ र २ का लागि नगद लाभांस घोषणा

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सीबीआईसीएल क्यापिटलद्वारा व्यवस्थापन गरिएको दुई म्युचुअल फन्डको लाभांस घोषणा गरिएको छ । सिटिजन म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन म्युचुअल फन्ड १ र सिटिजन म्युचुअल फन्ड २ का इकाइधनीहरुका लागि लाभांस घोषणा गरिएको हो ।  आर्थिक वर्ष २०७७/७८ का लागि सिटिजन...

रुरु जलविद्युत परियोजनाद्वारा दुई आर्थिक वर्षका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ का लागि लाभांस प्रस्ताव गरेको हो।  कम्पनीको सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । यसैगरी सोहि...

16454172591200x120.gif

मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले १७ करोड ६४ लाख १११ कित्ता आईपीओ निष्कासन गर्नका लागि बिओके क्यापिटललाई आईपीओ बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  यस सम्बन्धमा आज मन्दाकिनी हाइड्रोपावर र बीओके क्यापिटलबीच सम्झौता भएको...

अरुण काबेली पावरद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैठकले आगामी भदौ २६ गते शनिबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा जुम एपको माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बाँडफाँड

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयर बाँडफाँड गरिएको छ ।  लिलामीमा राखिएको संस्थाको १५०० कित्ता संस्थापक सेयर बाँडफाँड गरिएको हो ।  बोलकबोल गर्दा बढी भएको रकम एनसीएचएल–आईपीएस को सदस्य रहेको बैंकहरुको खाता उपलब्ध गराइएका आवेदकहरुको हकमा आवेदकहरुको दरखास्त...

एभरेष्ट बैंकद्वारा पुरानो लाभांस रकम बुझिलिन आउन आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न आर्थिक वर्षहरुमा प्रदान गरिएको ५ वर्ष पुरानो लाभांस सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो ।  बैंकले लाभांस पूर्जा लिएर पनि लाभांस भुक्तानी लिन बाँकी तथा लाभांस पूर्जा...

प्रभु बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २६ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत साउन २८ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको...

परिसूचकमा झिनो अंकको वृद्धि, बीमाका दुवै उपसूचकमा गिरावट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २५१.७८ अंकले घट्दै १७५९६.३९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १३२.५९ अंकले ओरालो लाग्दै १४२४०.३० बिन्दुको झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...

न्यादी हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आज(भदौ १ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न.६,७ र ८(साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु)का स्थानिय वासिन्दाहरुका लागि ५ लाख...

ङादी गुप्र पावरले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । ङादी गुप्र पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ८ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजी ७०...

अपि पावर कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको आर्थिक...