काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको ६ अर्ब रुपैयाँको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल ६० लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो। ऋणपत्रको इकाइ सूचीकरण सम्झौता आज सम्पन्न भएको छ।
सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २११.७२ अंकले बढ्दै १८१७२.२८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४२.३३ अंकले बढ्दै १४३२६.१० बिन्दुको उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...
काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबी सरल बचत फण्ड–ई ’ ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट निष्कासन अनुमति पाएको छ ।
१ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले साउन २२ गते निष्कासनको अनुमित प्रदान गरेको हो । यो म्युचुअल फन्डको कोष प्रवर्द्धक एनएमबी बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबी क्यापिटल...
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ।
आज(साउन २६ गते)काठमाण्डौ नक्सालस्थित नारायणचौमा रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीद्वारा जारी आईपीओमा कुल २० लाख ६७ हजार ९६७...
काठमाण्डौ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै साउन १७ गते आवेदन दिएको हो ।
कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँको रु.१०० अंकित दरका १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
बोृर्डबाट...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहतर्फको लिलामी सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज(साउन २६ गते)अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ८० हजार ५०० कित्ता संस्थापक सेयर गत साउन २० गतेदेखि लिलामीमा राखिएको थियो ।
संस्थापक...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ४८.४ अंकले बढ्दै १७९६२.१४ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३९ अंकले बढ्दै १४४८८ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । बैंकको ४ लाख ९८ हजार ०१९.०६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ ।
सेयर संरचना परिवर्तन गरिएसँगै बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ ।
...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस तथा हकप्रद सेयरको प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट लाभांस वितरण तथा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
बैठकले २०७८ मसान्तसम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ नगद लाभांस गरी...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । संस्थाको संस्थापक समूहको ५ लाख ९८ हजार ५९८ कित्ता सेयर आज(साउन २५ गतेदेखि)लिलामीमा राखिएको हो ।
यो सेयरमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
सेयरको...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ । कम्पनीको गत साउन ५ गतेदेखि निष्कासन गरिएको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको हो ।
लगानीकर्ताले अब यो हकप्रद सेयरमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीको हकप्रद...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत असार ३१ गतेदेखि साउन १४ गतेसम्म जारी गरिएको ३ अर्ब रुपैयाँबराबरको ‘ ८.५०% माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र साउन २४ गते आइतबारका दिन बाँडफाँड गरिएको हो ।
रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता–पत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २०२.७९ अंकले घट्दै १४४४८.९९ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १०१.५४ अंकले घट्दै १७९२४.२८ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आजमा नेप्सेमा संस्थाको १ लाख ९५ हजार ७७२.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सबैको लघुवित्तको आर्थिक वर्ष २०७६÷७७ का लागि १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस गरी कुल ११.०५ प्रतिशत लाभांस वितरण...