सेयर बजार


नबिल बैंकद्वारा ५ वर्ष पुरानो लाभांस रकम लिन आउन आग्रह

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले २०७२ पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७१/७२ को नगद लाभांस कतिपय सेयरधनीहरुले लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो ।  बैंकले सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल नारायणचौर...

सिद्धार्थ इक्विटी फन्डको बुक क्लोज मिति तय, ३०% लाभांसका लागि कहिलेसम्म बन्ने इकाइधनी ?

काठमाण्डौ  । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सिद्र्धाथ इक्विटी फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३० प्रतिशत नगद लाभांस(कर सहित)का लागि बुक क्लोज मिति...

एनआईसी एशिया क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ १३ गते आइतबारका दिन थापाथली काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा आर्थिक वर्ष २०७७/७८ का...

1663308665norvic-gif.gif

न्यादी हाइड्रोपावरले भदौ १ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आगामी भदौ १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न.६,७ र ८(साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु)का स्थानिय वासिन्दाहरुका लागि ५...

एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको १० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज...

बुद्धभुमि नेपाल हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन ३२ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी साउन ३२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका वासिन्दाहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि दरखास्त...

16454172591200x120.gif

नेप्सेमा ५ कम्पनीको ३४ लाख बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ५ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नाडेप लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, मिथिला लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र रिलायन्स फाइनान्स लिमिटेडको कुल ३४ लाख बढी बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा नाडेप लघुवित्तको ३ लाख ६८ हजार, प्रुडेन्सियल इन्स्योरेन्सको ८...

लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने लक्ष्मी इक्विटी फन्डका लागि घोषणा गरिएको ३५ प्रतिशत नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । उक्त लाभांस अभौतिक रुपमा इकाइ धारण गरेका इकाइधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएसमार्फत साउन २१ गतेदेखि  जम्मा गरिएको फन्डले जनाएको छ...

हिमालयन बैंकद्वारा ५ वर्ष पुरानो लाभांस बुझिलिन आग्रह

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले ५ वर्षदेखि हुन नसकेको विभिन्न आर्थिक वर्षको लाभांस रकम भुक्तानी हुन बाँकी रहेकाले सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको हो ।  बैंकले एक सूचना जारी गर्दै हालसम्म पनि कतिपय सेयरधनीहरु लाभांस तथा बोनस सेयर लिन नआएको र बैंकलाई उपलब्ध...

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत साउन ७ गतेदेखि साउन १२ गतेसम्म जारी गरिएको १ अर्ब २५ करोड रुपैयाँबराबरको ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र साउन २१ गते बाँडफाँड गरिएको हो ।  रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन गर्दा सर्वसाधारणका लागि...

अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से, बीमाका दुुवै उपसूचकमा गिरावट

काठमाण्ठौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ५३.१७ अंकले घट्दै १८०३१.७२ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४९.९७ अ.कले ओरालो लाग्दै १४६५८.१८ ७ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक्यो।...

एनआईबिएल समृद्धि फन्ड–१ को बुक क्लोज मिति तय, ३५% नगद लाभांसका लागि कहिलेसम्म बन्ने इकाइधनी ?

काठमाण्डौ  । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजनाका इकाईधनीहरुका लागि घोषणा गरेको ३५ प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो ।  लाभांस वितरण प्रयोजनका लागि आगामी साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

आइसीएफसी फाइनान्सद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । आइसीएफसी फाइनान्स लिमिटेडले ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  कम्पनीले विभिन्न साधारण सभाहरुबाट पारित भएको विगत पाँच वर्षभन्दा पुरानो लाभांश रकम केही सेयरधनीहरुले हालसम्म पनि नलिएकाले त्यस्तो लाभांस लिन आउन आग्रह गरेको हो ।  कम्पनीले हालसम्म लाभांश नलिएका सेयरनीहरुले सूचना प्रकाशित भएको मितिले...

साहस उर्जाले साउन २९ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आगामी साउन २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा...

आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामीमा

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको स्वामित्वमा रहेको फर्स्ट  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयरको आज(साउन २१ गते)देखि लिलामीमा राखिएको छ ।  फस्र्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता सेयर लिलामीमा राखिएको हो । संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ निर्धारण गरिएको छ ।...