सेयर बजार


एनआईबिएल प्रगति फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ५० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो ।  लाभांस वितरण प्रयोजनका लागि आगामी साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ ।...

निरन्तर बढ्दै बजार, यूनियन लाइफको सेयरमूल्यमा उछाल

काठमाण्ठौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ८२.९८ अंकले घट्दै १४७०८.४६ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि २.७५ अंकले घट्दै १८०८४.८९ बिन्दुमा झर्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज यूनियन...

अपि पावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज(साउन २० गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १३ गतेदेखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २ लाख १५ हजार ५९९ कित्ता सेयर हकप्रद सेयर लिलामीमा राखेको हो ।  यो लिलामी...

1663308665norvic-gif.gif

दुईवटा कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर कम्पनी लिमिटेड रहेका छन् ।  उपकार लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका २ लाख ६६ हजार २५०...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वामित्वमा रहेको फर्स्र्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहतर्फको सेयर आज(साउन २० गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ८० हजार ५०० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३००...

सामलिङ्ग पावर कम्पनीको आईपीओ निष्कासन स्थगित

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी साउन २२ गतेदेखि निष्कासन गर्ने भनिएको आईपीओ हाललाई स्थगित गरिएको छ । इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गर्ने भनिएको आईपीओ स्थगित गरिएको हो ।  कम्पनीले आयोजना प्रभावित...

16454172591200x120.gif

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमातर्फ यूनियन लाइफको सेयरमूल्यमा सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ११९.२८ अंकले बढ्दै १८०८९.०८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६०.९२ अंकले बढ्दै १४७९१.६८ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीका सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो।...

आत्मनिर्भर लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।   यस विषयमा आत्मनिर्भर लघुवित्त र सनराइज क्यापिटलबीच सम्झौता भएको छ। ...

महालक्ष्मी विकास बैंकद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  बैंकले साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरु केहि सेयरधनीले हालसम्म नलिएको र उक्त लाभांस बुझिलिन आउन आग्रह गरेको हो ।   कम्पनीले...

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्झौतापत्रमा मकर जितुमाया सुरी हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।  कम्पनीले जारी पुँजी...

कुमारी इक्विटी फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाधनीहरुले पाउँछन् ५% नगद लाभांस ?

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डका लागि घोषणा गरिएको ५ प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो ।  फन्डको लाभांस वितरण प्रयोजनार्थ आगामी साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ साउन २४ गतेसम्म कायम इकाइधनीहरु मात्रै...

लक्ष्मी उन्नती कोषको २५% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा आजदेखि जम्मा गरिने

काठमाण्डौ । लक्ष्मी बैंकद्वारा प्रवद्र्धित तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषको लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिने भएको छ ।  कोषले आर्थिक वर्ष २०७७÷७८ का लागि घोषणा गरेको २५ प्रतिशत नगद लाभांस अभौतिक इकाइ धारण गरेका इकाइधनीहरुको...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर आज(साउन १९ गते)बाट बोलकबोल प्रक्रिया मार्फत बिक्री खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, मेरो माइक्रोफाइनान्स लघुवित्त र आरएमडीसी लघुवित्तको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले...

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(साउन १९ गते)देखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।  सेयरको न्यूनतम मूल्य प्रति सेयर ३२५ रुपैयाँ...

तेह्रथुम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दका लागि निष्कासित आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले गत साउन ५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो ।  आवश्यकताभन्दा बढी सेयरका लागि दरखास्त परेकाले आज...