mirmire laghubitta bittiya sanstha ltd

मिर्मिरे लघुवित्तद्वारा झापाको इलाका प्रहरी कार्यालयलाई कुर्सी सहयोग

काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बनियानीस्थित प्रहरीचौकीलाई कुर्सी वितरण गरेको छ।  संस्थाले झापाको बनियानीस्थित इलाका प्रहरी कार्यालयलाई १५ थान कुर्सी सहयोग गरेको हो। संस्थाका बिर्तामोड उपप्रादेशिक कार्यालय प्रमुख किरण विष्टले उक्त सामग्री प्रहरी नायब...

लाभांस पारित गर्न मिर्मिरे लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २९ गते बिहिबारका दिन धुलिखेलमा रहेको होटल सारथीमा बिहान ११.३० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव...

मिर्मिरे लघुवित्तद्वारा व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाको  बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुका लागि व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम शनिबार बाँकेको कोहलपुरस्थित होटेल अतिथिमा सम्पन्न भएको छ।  बोनिया क्षेत्रीय कार्यालय प्रमुख...

1663308665norvic-gif.gif

मिर्मिरे लघुवित्तद्वारा साविकको नागवेली लघुवित्तका सेयरधनीहरुलाई लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको नागवेली लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुलाई नगद लाभांस बुझिलिन आग्रह गरेको छ ।  संस्थाले विभिन्न साधारणसभाहरुबाट पारित भएको लाभांसको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि लाभांस पूर्जाको रकम सटही नगरेको हुँदा उक्त लाभांस रकम संकलन गर्न नआएका सेयरधनीहरुलाई लिन आउन...

मिर्मिरे लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरशधनीहरुको हितग्रांही खातामा जम्मा गरिएको छ । संस्थाको गत चैत १८ गते सम्पन्न १० औा वार्षिक साधारण सभाबाट पारित ९.१९९ प्रतिशत बोनस सेयर बुक क्लोज गर्दा अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।  संस्थाले आर्थिक वर्ष २०७६/७७ का लागि...

मिर्मिरे लघुवित्तका नवनियुक्त सञ्चालकहरुद्वारा सपथ ग्रहण

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त सञ्चालकहरुले आज(असार ४ गते) सपथ ग्रहण गरेका छन्।  संस्थापक समूहको रिक्त रहेको सञ्चालकमा जनक बोहरा तथा स्वतन्त्र सञ्चालकमा प्रवीण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरी सञ्चालक समितिले नियुक्त गरेको हो। संस्थाको केन्द्रीय कार्यालय बनेपामा संस्थाका अध्यक्ष...

16454172591200x120.gif

मिर्मिरे लघुवित्तको निमित्त सीईओमा न्यौपाने नियुक्त

काठमाण्डौ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन्। संस्थाको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  नायब कार्यकारी प्रमुखका रुपमा कार्यरत उनलाई असार १ गतेदेखि लागू हुने गरी निमित्त सीईओमा...

मिर्मिरे लघुुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन्। संस्थाको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आगामी साधारण सभाबाट अनुमोदन हुने गरी संस्थाको रिक्त रहेको सञ्चालक पदमा भट्टराईलाई नियुक्त गरिएको संस्थाले जनाएको छ।  उनलाई सोहि दिनदेखि लागू हुने गरी...

मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता बढी एफपीओ निष्कासन गर्ने

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ । संस्थाले यसअघि जारी गर्ने भनिएको ३७ हजार २६० कित्ता एफपीओको कित्ता संख्या बढाएर ५१ हजार ३१६ कित्ता निष्कासन गर्ने भएको हो । संस्थाले प्रति सेयर रु. १०० अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ निष्कासन गर्नेछ । संस्थाले एफपीओ निष्कासनका...

मिर्मिरे लघुवित्तद्वारा मोबाइल बैंकिङ सेवाको विधिवत सुरुवात

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(जेठ ९ गते)देखि विधिवत रुपमा मोबाइल बैंकिङ सेवाको सुरुवात गरेको छ ।  संस्थाका अध्यक्ष टेकबहादुर बोहराले आफ्नो मोबाइलमा मिर्मिरे स्मार्ट एप डाउनलोड गरी रजिस्टर गरेर विधिवत रुपमा उक्त सेवा संचालनमा ल्याएका हन् । कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा शिल भइरहेको अवस्थामा...

आरएमडीसी लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको हो । संस्थाको संस्थापक सेयर गत वैशाख २२ गतेदेखि लिलामीमा राखिएको...

मिर्मिरे लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस तथा एफपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजा चैत १८ गते बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयर र०.४८ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै मिर्मिरे...

मिर्मिरे लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १३७१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको प्रति सेयरमूल्य १४९७ रुपैयाँ...

मिर्मिरे लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयर र ०.४८ प्रतिशत नगद लाभांस गरी कुल ९.६७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले चैत ८ गतेदेखि बुक क्लोज गर्ने...

एफपीओ निष्कासन गर्ने मुख्य अजेन्डा सहित मिर्मिरे लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत १८ गते बुधबारका दिन बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयर र०.४८ प्रतिशत...