Pragyik Vidyarthi Parishad, Nepal

परिषद्को चिन्तनको आधारमा समाजको प्रत्येक क्षेत्रमा आवश्यक व्यक्ति तयार होस् भन्ने ध्येयका साथ विद्यार्थी परिषद्ले नेपालको चिकित्सा अध्ययन क्षेत्रमा आफ्नो गतिविधि सञ्चालन गरिरहेको छ । चिकित्सा क्षेत्रमा विभिन्न विषय अध्ययन र अध्ययापन गरिरहेको समूहलाई आबद्ध गर्दै सो क्षेत्रबाट उत्तीर्ण भएर समाज जीवनमा जाने विद्यार्थीलाई राष्ट्रिय दृष्टिकोण प्रदान गर्दै आइरहेको छ । देशकाे समग्र स्वास्थ्यक्षेत्रमा आवश्यक कुशल चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादनसँगै सो समूहमा नैतिक मूल्य मानवीय संवेदना जागृतिका राष्ट्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्न सक्ने चिन्तन तयार होस् भन्ने दृष्टिकोणका साथ विगत केही वर्षदेखि विद्यार्थी परिषद् देशको चिकित्सा अध्ययन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूमाझ विशेष प्रशिक्षण, रचनात्मक गतिविधि तथा वैचारिक कार्य सञ्चालन गर्दै आइरहेको छ ।

Knowledge Character Unity Unity